शनिबार, जेठ ०२, २०८३

साफ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपालको टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो ।

टोलीमा एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा छन् ।

भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल श्रीलंका र भुटान रहेको समूह ‘ए’मा छ। समूह ‘बी’मा साबिक विजेता बंगलादेश, भारत र मालदिभ्स छन् । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल जेठ ११ गते भुटानसँग भिड्नेछ ।

यसमा तपाईको प्रतिक्रिया