शनिबार, बैशाख १२, २०८३

आईसीसी विश्वकप क्रिकेट लिग–टू मा यूएईलाई पराजित गर्दै नेपाल विजयी

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले यूएईलाई हराएको छ । शनिबार भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रन बनाएर अलआउट भयो । यूएईका हर्पि्रत सिंहले ३९ र मोहम्मद वसिमले ३४ रन बनाए । नेपालका करण केसीले ४ विकेट लिए । यो जितसँगै नेपालले २ अङ्क थप गरेर २१ खेलमा १४ अङ्क बनाएको छ ।

घरेलु मैदानमा चलिरहेको यो शृङ्खलामा नेपालसहित युएई र ओमान रहेका छन् । यी टोलीले एक आपसमा दुई–दुई खेल खेल्नेछन् । त्यसपछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित श्रृंखला खेल्नेछ ।

यसमा तपाईको प्रतिक्रिया