बिहिबार, असार ११, २०८३

महिलाहिंसा विरूद्धको अभियानलाई एनआरएनए जापानले साथ दिने

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानले महिला तथा किशोरीहरूमा हूने हिंसा विरूद्ध नयाँ अभियान शुरू गरेको छ ।
पछिल्लो चरणमा नेपालमा दिनानूदिन महिला हिंसा ,चेलिबेटी बेचबिखन ,जबरजस्ति करनी तथा हत्या जस्ता जघन्य अपराध बढिरहेको पिडितपक्षले न्याय नपाइ बिक्षिप्त बन्नू पर्ने अवस्थाको बोध गर्दै पिडितको न्यायको पक्षमा लडनको लागी एनआरएनए जापानले यो अभियान शुरू गरेको एनआरएन जापानका प्रवक्ता पर्शु बस्नेत जानकारी दिनुभयो ।
एनआरएनए जापानको उक्त अभियानलाई सार्थक र प्रभावकारी बनाऊँने पवित्र उध्येश्यमा नेपालमा महिला हिंसा र चेलिबेटी बेचबिखनबिरुद्ध सक्रिय संस्था माइती नेपाल ,सामाजिक अनलाइन संजाल रेस्पेक्ट एण्ड राइजसंग सहकार्य गर्ने सहमति गरेको छ ।साथै यो अभियानमा अन्नपूर्ण मिडियाले समेत साथ दिने भएको छ ।
नेपालमा महिला तथा किशोरीहरुमा हुने गरेका यौनहिंसा जबरजस्तीकरनी र हत्या जस्ता जघन्य अपराधका बिरूद्ध कानूनी उपचारसंगै आर्थिक तथा भौतिक र नैतिक सहयोग जुटाउने उद्देश्यले शुरू भएको एनआरएनए जापानको उक्त अभियानमा अक्षयकोष लगाएतको व्यवस्थापकीय जिम्मेवारी माइती नेपालले गर्ने भएको हो ।
उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल पाँच लाख रूपैयाँको अक्षयकोष स्थापनाबाट शुरू गरेको छ भने अभियानमा थप आर्थिक स्रोत जुटाउदै अघिबढ़ने सहमति गरेको छ । यसै साता भएको सहमतिपत्रमा एनआरएनए जापानका अध्यक्ष टाशी वाङदी लामा ,माइती नेपालका कार्यकारी निर्देशक बिस्वराम खड्का,रेस्पेक्ट एण्ड राईजका निर्देशक राजीब श्रेस्ठ तथा अन्नपूर्ण मिडियाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद पौडेलले संयुक्त सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
सहकार्य हस्ताक्षर कार्यक्रममा माईती नेपालकी अध्यक्ष तथा प्रदेश नम्वर तीनकी प्रमुख अनुराधा कोइरालाले एनआरएनए जापानको नयाँ अभियानले हिंसा प्रभावितहरूले उपचार तथा कानूनी कार्यमा दरिलो साथ पाउने जानकारी दिनुभयो ।
एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामाले नेपालमा हुने गरेका महिला तथा बालबालिकाहरू माथी हुने महिलाहिंसा,जबरजस्तीकरनी ,हत्या जस्ता कूकार्यको विरूद्ध कुनै पनि अवस्थामा आर्थिक ,सामाजिक तथा नैतिक साथ र सहयोग गर्न विश्वभरि रहेका नेपालीहरू एकजुट भएर साथ दिने जानकारी दिनुभयो ।
यस अभियानमा सहभागी हुन चाहने विश्वको जुनसुकै कुनामा रहेका नेपालीले सामाजिक संजाल रेस्पेक्ट एण्ड राईज मोवाइल एप्स मार्फत सिधै सहयोग रकम हस्तान्तरण गर्न सक्ने पनि अध्यक्ष लामाले जानकारी दिनुभयो । यस पवित्र महान अभियानमा सहभागी हुन विश्व भरिका रहनु भएका गैरआवासीय नेपाली हरू सहित सम्पूर्ण नेपालीहरुमा अपील गरेको छ ।

सहयोगका लागि यहाँ क्लिक http://respectinc.net/