बिहिबार, बैशाख ०३, २०८३

जापानमा सम्पन्न आठौँ नेपाल फेडेरेशन रनिङ कप फुटबलको उपाधि रोसी क्लवलाई

टोकियो । जापानको राजधानी टोकियोमा आठौँ नेपाल फेडेरेशन रनिङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार भएको प्रतिस्पर्धाको उपाधि रोसी क्लब जापानले जितेको छ भने काभ्रेली क्लब जापान उपविजेता बनेको छ ।

काभ्रेली क्लबलाई ट्रार्इब्रेकरमा ३९१ गोल अन्तरले हराउदै रोसी क्लबले उपाधी आफ्नो हात पारेको थियो ।

उपाधीसंगै रोसी क्लबले नगद ६ लाख १ हजार १०४ जापानी येन हात पार्यो भने उपविजेता काभ्रेलीले २ लाख ५१ हजार १०४ येनमा चित्त बुझाएकको छ । दुबैले फाइनलमा १९१ गोलको बराबरी गरेपछि नतिजा ट्रार्इब्रेकरबाट निकालिएको थियो। यस्तै तेस्रो स्थानका लागि भएको भिडन्तमा आमन्त्रित हङकङको एलजी क्लबलाई राईजिङ क्लब जापानले ३९१ ले स्तब्ध पार्यो । राईजिङ क्लबले उपाधीसंगै नगद एक लाख १ हजार १०४ येन र शिल्ड पाएकको थियो ।

व्यक्तिगत उपाधी तर्फ हार्इस्कोरर काभ्रेली क्लबका सरोज , वेस्ट किपरमा विजेता रोसी क्लबका साङगे शेर्पा, वेस्ट प्लेयरमा सोही टिमका सुवास सुनुवार र वेस्ट डिफेन्समा नमस्ते लमजुङ क्लब जापानका कान्छा गुरूङले नगद र ट्रफी जितेका थिए । उक्त प्रतियोगितामा २६ टिम सहभागी रहेको प्रतियोगिता आयोजक नेपाल जापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचनले जानकारी दिनुभयो ।

सो प्रतियोगिताका विजेताहरूलाई उपाधी सहित प्रमाणपत्र र शिल्ड हस्तान्तरण गरिएको थियो ।