शनिबार, बैशाख १९, २०८३

दोलखाको कालिञ्चोकमा केवलकार संचालन

चरिकोट । दोलखा जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्र कालिञ्चोकमा बनेको नेपालकै तेस्रो कालिञ्चोक केवलकार सोमबारदेखि पूर्ण संचालनमा आउने भएको छ ।

कालीञ्चोक दर्शन लिमिटेडले संचालनमा ल्याएका स्वीजरल्याण्डका प्राविधिकहरुले परीक्षण गरेपछि संचालनमा ल्याउन लागेको हो ।

४ मिनेटमा पुग्ने केबलकारको भाडादर भने ५ सय रुपैयाँ तोकेको छ । कालिञ्चोक वडा नं. १ का स्थानीयबासी,विद्यार्थी र बृद्धहरुका लागि भने २० प्रतिशत छुट हुने संचालक बाल कृष्ण शिबाकोटीले जानकारी दिएका छन् ।

४५ करोड लागतमा सम्पन्न भएको संचालक शिबाकोटीले जानकारी दिए ।

समुन्द्र सतहबाट ३ हजार ८ सय ४२ मिटर उचाईमा कालिञ्चोक भगवतिको मन्दिर र त्यस संगै सानो कुण्ड रहेको छ ।