बिहिबार, बैशाख १०, २०८३

परदेशीको पिढा : चगांसगै उडेछन् दशैँका खुशी

बिश्वबन्धु भण्डारी जापान,
-धेरै भएको थियो आमालाई फ़ोन नगरेको छुट्टिको दिन शनिवार आमालाई फ़ोन हानें । के छ सन्चै हुनुहुन्छ ? मैले सोध्नासाथ आमाका आखाँवाट बररर आशुँ झरे सबैका छोरा छोरीहरु दशै मनाउन गाउँ फर्किरहँदा आफ्नो छोरो भने नआऊने खवर पाएपछि कुन आमाको मन रुन्न होला र ? धेरै सम्झाऊन खोजे आख़िर आमाको मन न हो थामिएन अनायसै मेरा आखाँवाटपनि इन्द्रावतीहरु उसैगरि ब्रगेलीन थाले सम्हालिन सकिन बोल्न खोज्दा खोज्दै पनि गलाहरु अवरुद्द भए फ़ोन काटिदिएँ ।
एऊटा भाडामा लिएको सानो कोठा कतै सामानहरु लथालिगं कतै कपडाहरु छिरल्ल कतै चामल पोखिएका त कतै कितावका खातहरु , जसरी कपडाहरु लथालिगं थिए जिन्दगीपनि त्यस्तै लथालिगं छ एऊटै कोठामा तिनजना सुत्छौ एउटा बाराको एउटा गोर्खाको र प पाल्पाको । बारा को उठेर राती २ बजेनै काममा जादाँ हामी सुतिरहेका हुन्छौ ६ बजे म उठेर काममा जादाँ गोर्खाली सुतिरहेको हुन्छ म फर्केर आऊदाँ ऊनिहरु काममा म काममा हुदाँ उनिहरु फर्कने यस्तै छ जापानको बसाई एउटै कोठामा बस्नेहरुको पनि भेटघाटै नहुने । सगैँ बसेर खाना खान नपाएकोपनि धेरै भयो कहिलेकाहि रमाईलो गर्न मन लाग्यो भनेपनि छुट्टिनै माग्नुपर्ने मेरो छुट्टि मिल्दा उनिहरुको नमिल्ने उनिहरुको मिल्दा मेरो नमिल्ने ।
यो बर्षपनि कोठाभित्र एउटा कुनामा जमराले दशैको दिन कुरेर बसिरहेको छ अनि भित्तामा टासिएका नवदुर्गाका तस्विरहरुले आशिष दिन हतार गरिरहेको छ तर सगैँ बसेर साथीभाई टिका लगाउन पाईन्छ पाईदैन अझै अत्तो पत्तो छैन ६ बर्ष भएछ दशैमा निधारमा टिका र जमरा नपरेको, ६ बर्षका प्रत्येक दशैमा आखाँ आशुले भिजेका छन् यस्तो वेला त यस्ता जापान सापान नवस्ने आफ्नै देश फर्कन्छु भन्ने भावनाहरु जागृत हुन्छ तर नेपाल फर्केरपनि के गर्ने ? आफ्नै बिज़नेस गरेर बसुँ बन्द हड्ताल चक्काजाम कसरी चल्छ ? अलिअलि भएको आम्दानीपनि नानाभातीका दुनिया पार्टीलाई चन्दा दिएरै सकिन्छ जागीर खाऊँ पाऊदैन झन् भबिष्यको चिन्ताले सताऊने । हरेक चोटी फ़ोन गर्दा आमाले सोध्नुहुन्छ : कान्छा कहिले आउँछस् घर ? मैले सजिलै जवाफ दिने गरेको थिएँ यो पालीको दशैमा त आउँछु होला , कति खुशी देखिनुहुन्थ्यो मेरि आमा छोरो आउने खवर सुनेर कहिले दशै आउला र छोरासगँ सगैँ बसेर दशै मनाऊँला भन्ने खुव प्रतिक्षामा बसिरहनुहुन्थ्यो बाटो हेरेर । कठै बरा यसपालीपनि आमाका ईच्छाहरु तुहेर गए भन्नेहरुले त भन्थे प्रतिक्षाको फल मीठो हुन्छ तर मेरी आमाका लागि प्रतिक्षाको फल झन् झन् तितो हुदै गएको छ यसपालीपनि मेरो छुट्टी मिलेन घर जान । फेसवुक खोल्यो सवैका वालहरु विजयादशमी तथा शुभदिपावलीको शुभकामनाले भरिएका हुन्छन् जापानवाटै पुष्पाले लेख्छिन् : यसपाली घर जान नपाएपनि परदेशी भुमिवाटै भएपनि बिजयादशमीको शुभकामना । दुवईवाट सुन्दर दाईले लेख्छन् : यसपाली त यस्तै भो आमा अर्कों साल आऊनेछु दशैमा । अमेरिकावाट सुरजले लेख्छ : ३ बर्ष भएछ टिका नलगाएको यसपालीपनि निधार रित्तै हुने पक्का पक्कि । मुम्वईवाट जिवन लेख्छ : ८ बर्ष अघि हो परिवारसगँ सगैँ वसेर टिका लगाएको त्यसपछि प्रत्येक बर्ष निधार खालीनै छ । हामी नेपाली पैसाका लागी परिक्ष्रम बेच्न फरक फरक देशमा छिरेका छौ तर पिडाहरु भने उस्तै उस्तै । कहिलेकाहि त लाग्छ यि चार्डपर्वहरुपनि किन आऊँछ हामीलाई दुखि वनाऊन , बल र वैश हुदाँसम्म अर्काको देशमा जब गाला चाऊरि परेर वैश र वल रित्तिन्छ अनि आफ्नै देश फर्कने यो कस्तो बेकारको ज़िन्दगी । भनेको वेला कतै जान नपाईने मन परेको खान नपाईने कस्तो पिजँडाको जस्तो ज़िन्दगी जेल ज़िन्दगी । भाडाकै भएपनि महलमै वसेका छौ तर मनको शान्ती कहिल्यै नहुने हर रात गाऊँको यादले निन्द्रा बिथोलिरहन्छ । जगटेआँपमा पिगं खेलेको यादले सताउँछ रिउडाडाको चौरमा बसेर तास खेलेको पलहरुले झस्काउछ दशैको टिका थापेर ४/५ घन्टा उकाली चढ्दा चढ्दै मामा घर गएको वालापनको दिनहरुले मन विथोलिदिन्छ चंगा उडाउदै खुव दौड़ियो चोटहरु कति लाग्थ्यो कति तर कहिल्यै त्यसको प्रवाह भएन, चंगाले धेरै दौडायो कहिले रौदिगैरातिर पुर्यायो त कहिले कालीको किनारतिर, कहिले कता कहिले कता खुव उड़ाइयो चंगाहरु उ वेला , आख़िर चंगाजस्तै उडेर जापान आउनु रहेछ र त उडाईएको रहेछ। , अचेल सम्झन्छु हामी वाल्यकालमा खुशी हुदै चंगाहरु उडाईन्थ्यो चंगा सगैँ हाम्रा खुशीहरुपनि त्यसैगरि उडेर गएका रहेछन् कहाँ गए ति खुशीहरु अचेल खोज्दैछु जापानका गल्लिहरुमा । वाल्यकालमा सगैँ चंगा उडाएको मेरो वालसखी सुरज अमेरिका पुगेको छ उसलाई सोधेँ : ति चंगासगँ हामीले उडाएका खुशीहरु भेटिस् त ? उस्को जवाफ आऊँछ : अहँ कतै भेटिन खोज्दैछु , कतारमा पुगेको हरिलाई सोधेँ : खुशीहरु भेटिस् त ? उस्को पनि उहि जवाफ अहँ भेटिन खोज्दैछु अष्ट्रेलियामा पुगेकी मेरी साथी लक्ष्मीलाई सोधेँ : खुशी भेटेउ त ? उन्को पनि उहि जवाफ : अहँ भेटीएन खोज्दैछु । हरेक साथीहरुको कथा जस्तै मेरो पनि उहि कथा छ जापानका गल्लिहरुमा खुसी खोज्दै हिडिरहेको छु कहिले भेटिन्छ थाहा छैन भेटिन भेटिन लागेका खुशीहरुपनि कहिले आफ्नै नेपालीहरुले लुटिदिन्छन् कहिले जापनिज कलेजहरुले लुटिदिन्छ त कहिले जापनिज कम्पनिहरुले । आख़िर ज़िन्दगी नै खुशी खोज्दै दौड़नु रहेछ । यसपालीको दशै पनि उहि खुशीहरु खोजेरै जाने पक्का पक्कि भएको छ खुशीहरु खोज्दै विदेशीने परम्परा हाम्रो धेरै पहिलेदेखि चल्दै आएको छ मेरा हजुरवुवाका पुस्ताहरु राणा शासन ढलाए तर नेताको सासन ढलाउन सकेनन् अनि रोजीरोटीका लागि बिदेशीए । मेरा वुवाका पुस्ताले ४६ सालमा अर्कों शासन ढलाए तर तिनै नेताहरुको सासन ढलाउन सकेनन् र उनिहरुपनि बिदेशतिरै हानिए . मैले अनि मेरो पुस्ताले पनि ६२/६३ मा अर्कों निरंकुश शासन ढलायौ तर यिनै भ्रष्ट नेताहरुको सासन ढलाउन सकिएन म पनि पासपोर्ट बोकेर विदेसीय । आजसम्म यस्तै चलिरह्यो बिदेश पठाऊने र बिदेसिने परम्परा । अव केहि साच्चै देसनै वनाउँछु भन्नेहरु निस्के भने त साथ दिनलाई फर्कुलाँ , तर यसैगरि कहिले महाकाली बेचिने कहिले कोशी वेचिन कहिले देशको भाषानै बेच्न थाल्नेहरुले देस नवेच्लान भन्ने के नै ग्यारेन्टी रह्यो र ? हामी त यसैगरि विदेसिन बाध्य भयौ अव हाम्रा छोरा पुस्ताहरु विदेसिन नपरोस् मेरै पालामा नेपाल सम्बृद्द बनेर हाम्रा छोरा नातिहरुले देसमै रोज़गारी र आफ्नै बिज़नेस गरेको देख्न पाईयोस् युवाका पसिनाहरु आफ्नै भुमीमा चुहाएर समृद्द भएको देख्न पाईयोस् अन्त्यमा सवैलाई बिजयादशमी तथा शुभदिपावलीको शुभकामना जहाँ हुनुहुन्छ सुखी रहनु खुसी रहनु व्यस्त रहनु स्वस्थ रहनु सवैलाई शुभकामना,
रामपुर १० पाल्पा