शनिबार, बैशाख ०५, २०८३

दोस्रो बागेश्वरी गोल्डकप-२०१८ टोकियोमा हुने,पहिलो हुनेलाई ५ लाख १० हजार पुरस्कार

टोकियो,११ भदौ । बाँके बर्दियामा रहेका असाहय, विपन्न परिवारका बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्यले दोस्रो बागेश्वरी गोल्डकप प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बाँके बर्दिया मैत्री समाज जापानले गरिब तथा असहाय बालबालिकाका लागि खेलकुद सामाग्री जुटाउन उद्देश्यले दोस्रो बागेश्वरी गोल्डकप २०१८ को आयोजना गर्न लागेको अध्यक्ष सुशिल मल्लले बताउनु भयो । प्रतियोगिता यहि सेप्टेम्बर ३० तारिखमा फुजिमोरी पार्क टोकियोको हाचिओजीमा हुने भएको छ । समाजले प्रतियोगितामा पहिलो पाँच लाख दश हजार,दोस्रो दुई लाख दश हजार र तेस्रो हुने टिम लाई एकाउन्न हजार नगद सहित ट्रफी पुरस्कार प्रदान गरिने साथै खेलाडीहरु मध्धे बाट १/१ जाना लाई बेस्ट प्लयेर् , बेस्ट देफेन्डर् , बेस्ट कीपर , धेरै गोल गर्नेलाई पाच र पाच हजार नगद प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

दोस्रो बागेश्वरी गोल्डकपलमा जापानमा रहेका बिभिन्न संघ सस्था सह-अयोजकको रुपमा काभ्रेली समाज जापान र अछाम सरोकार मन्च जापान रहेका छन् भने पूर्व राष्टिय खेलडी बसन्त गौचन , हाइजिमा युथ क्लब, किरात राई यायोख्खा जापानले समेत सहयोग गर्ने बताउनुभयो । दोस्रो बागेश्वरी गोल्डकप आउदो सेप्टेम्बर २३ तारिक पत्रकार सम्मेलन गरि खेलको ताइसिट पनि आउट गरिने बाँके बर्दिया मैत्री समाज जापानले जनाएको छ ।

गत बर्ष प्रतियोगिता मार्फत संकलन गरेको रकम रेडक्रस तथा विभिन्न सस्थाको सहयोगमार्फत बाढीपीडितलाई बितरण गरिएको थियो ।