शनिबार, बैशाख ०८, २०८१

जापानमा बर्षासहितको हावाहुरीले खतरा निम्त्याउने भन्दै सचेत रहन आग्रह

जापान,१२ साउन । पूर्ववाट पश्चिम जापानतीर बहिरहेको १२ औं ताइफुको असर टोकियो सहितका विभिन्न क्षेत्रमा देखा पर्न थालेको छ ।
जापानको मौसम विभागले शनिवारबाट राजधानी टोकियो र आसपासका क्षेत्र सहित होन्सु तथा तोकाई द्धिपमा ठूलो बर्षा सहित ताईफु (हावाहुरी )आउनसक्ने भन्दै सचेत रहन चेतावनी दिएको थियो । पूर्व देखि पश्चिमतिर बहिरहेको ताइफुका कारण मध्य तथा पश्चिमी जापानका विभिन्न क्षेत्रहरुमा भारी बर्षा र हावाहुरी खतरा निम्त्याउने भन्दै सचेत रहन आग्रह गरेको छ ।

जोंगदारी नामक यस ताईफुले होन्सुमा क्षेत्रमा बढि प्रभाव पार्ने अनुमान छ । भारी बर्षा सहित बाढी, पहिरो निम्त्याउनसक्ने भन्दै अधिकारीहरुले शनिवार र आईबार सो क्षेत्रमा रहने व्यक्तिहरु सचेत रहन भनेका छन् ।

प्रतिघण्टा १ सय ५६ सम्मको गतिमा आउने ताईफु खतराको सूचक मानिन्छ । अहिलेको ताइफु प्रतिघण्टा हाचिओजीमा द्धिपबाट ४५ किलोमिटर प्रतिघण्टाको गतीमा अघि बढिरहेको बताइएको छ । जुन बढेर २०० किलोमिटर प्रतिघण्टा हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

जापान मौषम विभाग, मौषम परामर्स केन्द्रकी प्रमुख मिनाको साकुराइले प्रभाव बढि रहने क्षेत्रका व्यक्तिहरु जतिसक्दो छिटो सुरक्षित स्थानमा जान भनेकी छन् ।

ताइफुका कारण सडक यातायात प्रभावित बनेको छ । पश्चिमी जापानको किन्की क्षेत्र जोड्ने सहित अन्य केही हवाई उडानहरु रद्ध गरिएको गरिएको छ @एनएचके