बिहिबार, बैशाख ०३, २०८३

फ्रान्स र बेल्जियम विश्वकपको अन्तिम आठमा, ब्राजिल र उरुग्वे बाहिरिए

मस्को । फ्रान्स, रुसमा जारी फिफा विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पहिलो क्वार्टरफाईनलको खेलमा उरुग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम ४ मा स्थान पक्का गरेको हो । मुख्य खेलाडी इडिसन काभानीबिना मैदान उत्रिएको उरुग्वेले फ्रान्सविरुद्ध खासै आक्रमण बुन्न सकेन् ।
४० औं मिनेटमा राफेल भारानेको गोलमार्फत फ्रान्सले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता ि लएको फ्रान्सले दोस्रो हाफमा थप एक गोल थप्यो । एन्टोनीग्रिजम्यानले फ्रान्सको अग्रतालाई दोब्बर बनाए ।
त्यस्तै दोस्रो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल बेल्जियमसँग पराजित भएको छ । बेल्जियमले ब्राजिललाई २–१ गेलअन्तरले पराजित गरेको हो । खेल अधिकांश समय ब्राजिलले पडकमा भए पनि बेल्जियमले काउन्टर अट्याकमा गोल गरेको थियो ।
अब बेल्जियमले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । विश्वकप फुटबलमा आज पनि क्वाटर फाईनलका दुई खेल हुँदैछन् । सामरा एरिनामा वेलुकीपौने ८ वजे इङ्ल्यान्ड र स्विडेन भिड्ने छन् ।राउण्ड अफ सिक्सटिनमा कोलम्बियालाई हराउँदै इङ्ल्यान्ड तथा स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन क्वाटरफाईनलमा पुगेका हुन् ।
यसअघि दुई टोली २४ पटक आमने सामने हुँदा इङ्ल्यान्ड ८ पटक विजयी भएको छ भने स्विडेन ७ पटक विजयी भएको छ । ९ खेल बराबरीमा टुंगिएका छन् ।
आजै राति पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसिया र रुस भिड्ने छन् ।आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो अवसर हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।
राउण्ड अफ सिक्सटिनमा स्पेनलाई पाखा लगाँउदै रुस तथा डेनमार्कलाई हराउँदै क्रोएसियाले क्वाटरफाईनल भिडन्त तय गरेका हुन् ।रुस र क्रोएसियाबीच यसअघि ३ खेल भएका छन् । जसमा क्रोएसिया एक पटक विजयी भएको छ भने २ खेल बराबरीमा टुंगिएका छन् ।