बिहिबार, असार ०४, २०८३

जापानले पहिलो पटक ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउदैं

जापान,१७ जेठ । जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ।
सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय गरेको हो । अर्को महिनाको मध्यतिर आउने आबे सरकारको आर्थिक नीतिमा कामदार भित्रयाउने निर्णय आवश्यक परिमार्जनसहित समावेश हुने समाचार संस्था क्योदोले जनाएको छ।
जापान जानुअघि विदेशी कामदारले जापानी भाषा परीक्षा पास गर्नुपर्नेछ। कृषि, निर्माण, पानीजहाजलगायतमा काम पाउने उनीहरु ५ वर्ष जापान बस्न पाउनेछन् ।

तालिम गर्न गएका कामदार परीक्षा पास गरेपछि १० वर्षसम्म पनि बस्न सक्नेछन् । विदेशी कामदारले परिवारका सदस्यलाई भने जापान लैजान पाउने छैनन् । सरकारले नै कार्यक्रम सञ्चालन गरेर विदेशी कामदार भित्र्याउन लागेको यो पहिलो पटक समचारमा जनाएको छ ।
अहिले जापानमा झन्डै १२ लाख ८० हजार विदेशी कामदार छन्। तीमध्ये चीनका २९, भियतनामका १९, फिलिपिन्सका १२, ब्राजिलका ९ र नेपालका ५ प्रतिशत छन् ।