जापान,१२ वैशाख । नेपालबाट अन्तराष्ट्रीय तेक्वान्डो खेलमा सहभागी हुन आएका खेलाडीहरूलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
बाग्लुङ समाज जापानको आयोजनामा वुधवार खेलाडीहरूलाई सम्मान तथा बिदाई कार्यक्रम गरिएको हो ।
जापानका सफल ब्यवसायी बाबुराम भण्डारीको उक्त कार्यक्रमको प्रमुख आतिथ्यतामा सम्पन्न विदाई कार्यक्रमको बिषेस अथितीहरूमा एनआरएनए जापानका प्रबक्ता प्रशु बस्नेत, अन्तराष्ट्रीय नेपाली समाज जापानका अध्यक्ष एवं चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी , कानागावा कम्यूनिटीका अध्यक्ष हरि सापकोटा रूपन्देही समाजका अध्यक्ष पशुपती गिरी, बाग्लुङ समाजका सल्लाहकार दिपेन्द्र केसी दोलखा समाज जापानका उपाध्यक्ष गिर बहादुर तामाङ ,आपचौर समाज जापानका अध्यक्ष महेन्द्र अधिकारी , र नेप्लिज तेक्वान्डो एकेडमीका अध्यक्ष अशोक खड्काले मनतब्य राख्नु भएको थियो ।
जापाजमा सम्पन्न तेक्वान्डोमा स्वर्ण पदक बिजेता बिबेक श्रेष्ठ र कास्य पदक बिजेताहरू अशोक खड्का, सिद्धार्थ प्रधान, चन्दु शाही,तारजन कायत, युकेस थापा मगर र प्रशिक्षक पर्शु बोहोरालाई नगत पचास हजार सहित सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठको सभापतिमा राजु केसीले सन्चालन गरि विदाई कार्यक्रम सम्पन्न भएको थियो ।

