मदन चापागाई,जापान : हामी हरेक नेपाली आफ्नो र परिवारको सुन्दर भविष्य निर्माण गर्ने अभिलाषालेआफ्नो आमाको काँख, परिवारको साथ र प्यारो जन्म भूमी छोडि विदेश आउन बाध्य छौं। हामीलाई विदेशिन बाध्य पार्ने प्रमुख कारक तत्व भनेको देशमा रोजगारीको अवसर नहुनु नै हो । रोजगारीको अवसर नहुनुको कारक भनेको अहिले सम्म देशमा भएको राजनीतिक द्वन्द र त्यसले उत्पन्न गराएको अस्थिर राजनीतक व्यवस्था साथै सरकारको फितलो राज्य सन्चालन पद्दति नै देखिन्छ।
हामी हरेक नेपाली राजनीतिबाट अछुतो छैनौँ भन्दा म गलत नहोला र आज यहाँ उठान गर्न खोजेको विषयपनि प्रवास मा गरिने नेपाली राजनिती बारे हो। हामी जो कोही स्वदेशमा रहँदा कुनै न कुनै राजनितिक संगठनमा आबद्द थियौँ। हामी सबैको योगदानले राजनैतिक परिवर्तनभयो,लोकतन्र आयो, नयाँ संविधान निर्माणका साथै संघियता सम्म पुगियो । तर त्यहि परिवर्तनको नेतृत्व गर्नेहरूको सोचमा परिवर्तन नआउनाले हामी युवा विदेशिन बाध्यईरहेका छौँ ।
हामी विकासमा पछि परेका देशका मान्छे विकसित देशमा गएर त्यहाँको ज्ञान सिपप्रविधि र असल संस्कार सिक्नु पर्ने त्यो देश कसरी विकसीत भयो त्यो देशको राजनीतिक पृष्ठभूमि , राजनीतिक प्रणाली , राज्य सन्चालनको ढाँचा , विकासको मोडल यता पटि ध्यान दिदैनौँ । बरू आफ्नो मातृभुमि छोडेर बाहिरिदै गर्दा देशको नेतृत्व गर्ने नेतालाई सराप्दै हिड्ने हामी विदेशी भुमी टेक्न नपाउँदै सुरू गर्छौ पार्टीका नाममा भातृसंगठन खोल्न…। हामी मध्ये धेरै त नेपालमा राजनीतिक दलको झन्डाबोकेर थाके पछि विदेश लाग्यौं भन्दा केहि फरक नपर्ला। अनि किन फेरी विदेशमा राजनीति गर्दैछौं हामी? यसको केहि औचित्य छ ?विदेशको कानुनले दिन्छ ? अन्य देशका नागरीक पनि यसरी राजनीति गर्छन ? के नेपालमा आएका विदेशीले पनि नेपाल आएर हामीले जसरी राजनीति गर्दैछन ? यदि गरे भने हामी कस्तो प्रतिक्रिया दिन्छौ ? एक पटक गम्भिर भएर सोच्ने बेला आएको छ हामी कतै गलत बाटो हिडीरहेका त छैनौँ ? समयको वर्वादी मात्रै त गर्दै छैनौ ?अझ हामी राजनीति गर्छु भन्नेलेनै सम्बन्धित देशका जनताले पालना गरिरहेको नियम कानुन कडा भयो भन्दै पालना नगर्ने गर्छौँ । अनि फेरी भाषण मा चाहि विधिको शासनकै कुरा गर्छौँ। अनि यस्तो सोच भएका व्यक्तिले राजनीति गरेर देश बदल्छु भन्न मिल्ला ?
दुखका साथ भन्नै पर्छ विदेशमा मैले देखेको, अपवादमा मात्रै होलान केहि वौद्दिक र राजनीति बुझेका व्यक्तिले संगठनको नेतृत्व गरेका तर अधिकांस देशमा नेतृत्व गर्नै नसुहाउने व्यक्ति नेता बनेका छन । अनि तिनले गरेको राजनीति नेपालकोभन्दा फरक छैन अझ तल्लो स्तरको छ। गुट उप गुट , आरोपप्रत्यारोप , कुर्सी मोह , चाप्लुसी , नातावाद, कृपावाद , डनवाद धनवाद , जे जे भन्न चाहनु हुन्छ त्यहि ।
प्रवासमा संगठन विस्तार गर्ने , प्रशिक्षण गर्ने , विचारको राजनीति गर्ने , वहस गर्ने , चिन्तन गर्ने न्युनतम राजनिति गर्दा अपनाईने पद्दति केहि पनि हुदैन । जसले बढि पैसा खर्च गर्छ त्यो नेता । जात , नाक , क्षेत्र समुह कै राजनीति हुन्छ ।अनि कार्यक्रम पनि त्यहि हिसावले गरिन्छ जस्तै , नेपाल बाट एउटा गुट या एक व्यक्तिले आफु निकट आफ्नै जातको नेता र उसका श्रीमती विदेश वोलाउँछ र नेता नजिक बनेर काम गर्छ वा आफुले भने बमोजिम कमिटीहरू गठन गर्छ या निर्णय गर्छ र गराउँछ । त्यस पछि त्यो नेतालाई त्यो देसका विभिन्न ठाउ घुमाउँछ, महँगो रक्सी पिलाउँछ एक दुई सामान उपहार दिन्छ पठाउछ त्यति गरे नेताको नजिकको मान्छे हुँ भनेर समाज र सामाजिक सन्जालमा रवाफ देखाउँछ । नेपालका नेता पनि यतिमै रमाउँछन् । उनिहरूको उदेश्य पनि देश हेर्ने मुख फेर्नेमात्र हुन्छ ।उनिहरुले पनि कुटनीतिक कुराको ख्याल गर्दैनन् वा कुटनीतिक सम्बन्ध राख्न र सम्बन्धीत देशका नेता वा सरकार संगसम्बन्ध राख्ने आट गर्दैनन्। साथै सम्बन्धीत देशमा राजनीति गर्छौ भन्नेले पनि त्यस्ता कुरा ख़्याल गर्दैनन्।जसका कारण कहिले काहीँ हाम्रा नेता एयरपोर्ट बाटै फर्कनु पनि पर्छ यो दुखद कुराहो । अनि हामी चाहि शीर न्युउराएर हिड्नु पर्छ।
यहाँ विदेसमा राजनीति गर्ने नेताको उदेश्य एउटै छ आज, अहिले नेपालबाटआउने नेता वा मन्रीलाई विदेशमा राम्रो सेवा गरेमा भोली नेपालमा कुनै पद खानपाईयोस वडा सदस्य नै किन नहोस । अनि अर्को रमाइलो कुरा कुनै शिर्षक मा नेपालमा चन्दा पठाउनु पर्दा कसले बढि पठाउने भन्ने विषयमा बरू ऋण काडेरै, ईन्सुरेन्स र टॉप याक्सको पैसो नतिरी ठगेरै भए पनि समाज सेवी बन्ने को कमि छैन यहाँ। हो यसरी गर्दैछौ हामी विदेसमा राजनीती ! यो प्रणाली वान्छनिय छ ? हामी राजनीति गरीरहेका साथीहरू छातीमा हात राखेर भनौँ हाम्रा विभिन्न सामाजिक सन्जालकाग् रुपमा वा बैठक मा कुनै दिन सकरात्मक कुरा , वैचारिक वहस , त्यस दशको विकासको ईतिहास , राजनीतिक व्यवस्था , प्रवीधि , नेपालीको समस्या , चुनौति र अवसर बारे छलफल हुन्छ ? वा आफ्नो पार्टिले मार्ग निर्देश गरेको सिद्धान्त बारे चर्चाहुन्छ ? अनि आफ्ना नेताले गरेको गल्ति को विरोध हुन्छ ? केहि हुदैन। अनि यसरीविदेसमा राजनीतिक दलको भातृ संगठन भनेर गरिने राजनीति गर्नु आवस्यक छैन । यो सबै समय र पैसाको बर्बादी हो भन्ने मेरो निस्कर्ष हो ।
विदशमा हामी सबै नेपाली हौं नेपाली हाम्रो जात हो, धर्म हो, पहिचान हो, पार्टि हो ।एन आर एन ए स्वतन्त्र भएर काम गरेको खन्डमा अरू संगठन चाहिदैन तर तर विडम्बना एन आर एन ए पनि राजनीतिको दलदलमा फसेको छ, जकडिएको छ । यहाँ तपाई हामिले कमिटी सन्चालन गर्दा लाग्ने बजेट, नेपालबाट नेता आउदा लाग्ने खर्च वा तपाई हाम्रा गुटे बैठक मा गरिने खर्चले नेपालको कुनै एउटा प्रदेशको मुहार फेरीन सक्छ विचार गरौँ। “राजनीतिक चिन्तन हरेक व्यक्तिमा हुनु आवस्यक छ तर राजनीतिका नाममा हुने गरेका हर्कतको विरोध हुनुपर्छ जबकी म पनि अछुतो त छैन तर सुधारको लागि आवाज उठाई रहन्छु । फेरी किन नेपालीले मात्र राजनीति गर्नु पर्नेअरू देशका पनि लाखौ नागरिक विदेशमै छन त उनिहरू के गर्दैछन, के सिक्दै छन, आफ्नो देशमा कति सकारात्मक कुरा भित्र्याउँदैछन् र हामी आफ्नो देशमा रेमिट्यान्सत भित्र्याउदै छौ तर नया प्रविधी ज्ञान सिप , असल संस्कार कती भित्र्याउँदैछौं गम्भिर भएर सोच्ने बेला आएको छ।
जे भएता पनि यदि विदेशमा वैधानिक रूपमा राजनीति गर्ने र राजनीति बाट सिक्नेहो भने निम्न कुरा अनिवार्य रूपमा गर्नु आवस्यक छ-
१ . नेपाल सरकार र परराष्ट्र मन्त्रालयको पहलमा हाल राजदुतावास भएका मुलुकमानेपालमा मान्यता प्राप्त दलहरूले आफ्नो सांगठानीक गतिविधि गर्न पाउने व्यवस्थामिलाउनु पर्छ। किनकी अहिले जति पनि प्रवासका गतिविधी छन ति सम्बन्धितदेसको नियम अनुसार छैनन् । त्यसैले सरकारले आफ्ना नागरीकलाई अप्ठेरो पर्नेकाम गर्न दिन हुदैन।
२ विदेसमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न अनिवार्य पहल गर्ने । साथैप्रवास कमिटीलाई पनि नेपालकै कमिटी बमोजिम आधिकारिक मान्यता दिने व्यवस्थामिलाउने ।
३ यदि मान्यता पाएको खन्डमा ति भातृसंगठनले देशमा हुने गरेका राजनीतिकदलका कार्यक्रम , प्रशि़क्षण वा महाधिवेशन आदिमा भाग लिने र त्यहाँबाट केही कुराको ज्ञान लिने र आफ्नो कुरा कार्यक्रम मा राख्न सक्ने हैसियत बनाउनु पर्छ ।
४ हरेक भातृ संगठन भित्र दोभासेको व्यवस्था गरिनु पर्छ ताकी नेपाल र त्यो देशविचको राजनीतिक, आर्थिक र प्राविधिक रूपमा दोभासे ले पुलको काम गरी असलसम्बन्ध निर्माण गर्न टेवा पुर्याओस।
६ समय समयमा नेपाल तथा अन्य देशका प्रतिनीधि र सम्बन्धित देसको सरकारकाप्रतिनिधि , राजनीतिक दलका नेता , विज्ञहरूलाई सामेल गराएर सेमिनार गोष्ठि , या प्रसिक्षण कार्यक्रम गर्ने । यसले सबै देशको अवस्था बुझ्न सकिन्छ । यस्ताकार्यक्रमले देश विकासमा टेवा पुग्छ ।
७. नेपालमा लगानी भित्र्याउनको लागि यहाँका सरकारी तथा प्राईभेट कम्पनि संगसम्बन्ध राख्ने र नेपालमा लगानी गर्ने बातावरण सृजना गर्ने ।
९ हरेक नेपालीलाई आफु राजदुत हो मैले मेरो देसको विकासको लागि विदेसमा वसेरविदेसीलाई मेरो देस बारे सकरात्मक सन्देस दिएर पर्यटक भित्र्याउन योग्दान दिनु पर्छभन्ने सम्मको चेताना जगाई दिने ।
१०. विदेशमा नेपाली नेपाली बिच हुने झैझगडा काटमार आदि जस्ता विविध विकृतिलाई निर्मूल पार्न समय समय मा विभिन्न चेतनामुलक तथा उत्प्रेरणामुलक कार्यक्रमगर्ने।
११ विधार्थी तथा कामदारहरूका सबै खाले समस्या समाधान गर्न सहयोग गर्ने जसलेगर्दा उनीहरूको मनमा राम्रो छाप पर्ने छ ।
१२ राजनितिलाई पेशा हैन व्यवसाय संग जोड्नु पर्छ जसको लागि विदेसमा रहेकानेपाली वा विभिन्न पार्टिका भातृ संगठनका कमिटीका पहलमा स्वदेसमा साना तथामझौला या ठुला योजनामा सामुहिक लगानी गरि रोजगारीका अवसर सृजना गर्नेयोजाना ल्याउनु पर्छ
१३. देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद को बेला सबै भातृसंगठन हरूसहयोग को लागि एकजुट भएर कार्य गर्ने।
हो, यदि विदेशमा बसेर राजनीति गर्नै पर्छ भने माथि लेखिएका बुँदाको कार्यन्वयन माजोड दिदै अगाडी बढ्न सकिन्छ। राजनिती लाई सभ्य सुसंस्कृत र मर्यादित बनाउँ यो नैहाम्रो धर्म हो। हामीले गर्ने मर्यादित कार्य ले नै नेपाल को राजनिती मा फस्टाइरहेकोविकृति लाई केही हदसम्म निर्मूल पार्न सकिन्छ। यहाँको शिक्षा, अर्थ, राजनिती, विकास निर्माण आदि बारे गहिरो अध्ययन गर्ने र आफुले सिकेको ज्ञान सीप लाईस्वदेश मा लागु गरेमा विकास मा टेवा पुग्ने र बेरोज़गारी पनि केही हदसम्म निर्मूल हुन्छत्यसैले सकारात्मक पाटाहरूको सिको गरौं र स्वदेश मा गएर लागु गरौ। त्यसैलेआउनुहोस् हामी सबै हातेमालो गरेर अघि बढौ। देश बनाउने ज़िम्मेवारी तपाई हामी सबैको हो ।
(लेखक नेकपा एमाले समर्थित भातृसंगठन, प्रवासी मञ्च जापानमा आवद्द छन् )
@Nepalnewspost

