बिहिबार, बैशाख ०३, २०८३

तमु धीं जापान दोश्रो रनिंगकप फुट्सल प्रतियोगिताको टाईसीट घोषणा

टोकियो,२६ चैत । जापानमा पुरानो संस्थाको रूपमा चिनिने तमु धीं जापानको आयोजनामा में २१ तारिक आईतबार दोश्रो तमु धीं जापान रनिंग कप फुट्सल प्रतियोगिता हुने भएको छ ।

सो फुट्सल प्रतियोगिताको ट्राईसीट आइतवार घोषणा गरेको छ । टोक्योको वारकाडे गुड टाइम हल शिनओकुबुमा पत्रकार सम्मेलन गरी ट्राईसीट घोषणा गरेको हो । गुरुङ समुदायको भाषा,संस्कृति संस्कार प्रवासमा पनी निरन्तर दिदै आएको तमु धिले गत बर्ष देखि जापानमा खेलकुदलाई प्राथमिकता दिन फुट्सल प्रतियोगिता आयोजना गर्न थालेको तमु धि जापानका निवर्तमान अध्यक्ष तथा पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङ्ले बताउनू भयो ।

प्रतियोगितामा प्रथम हुने टीमले प्रथम,दोस्रो र तेस्रेा हुने टिमलाइ नगद पुरस्कार क्रमश ५,११,१११, २,११,१११र १,११,१११केा साथमा ट्रफी,मेटल र प्रमाणपत्रकेा प्रदान गरिने भएकेा छ । प्रतियेागिताकेा लागि जम्मा ३२ वटा टिमले नाम दर्ता गराएको खेलकूद संयोजकले जानकारी दिनु भयों।

उक्त पत्रकार सम्मेलन तमु धि जापानका अध्यक्ष अनिता गुरूङको सभापतित्वमा, महासचिव चित्र गुरूङले कार्यक्रम संचालन गर्नुभएकेा थियो ।