शान्त पहरी,टोकियो,२१ चैत । जापानमा गल्कोट स्पोर्ट्स क्लब टोकियोले चौथो मैत्रीपुर्ण रनिंगकप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबले मंगलवार टोकियोमा पत्रकार सम्मेलन गरेर खेल वारे विस्तृत जानकारी दिएको थियो । “स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल “भन्ने मुख्य नारा सहित नेपाली नयाँ बर्ष २०७५ तथा क्लबको चौथो बार्षिकोत्सवको अवसरमा स्थापना काल देखि प्रत्येक बर्ष आयोजना गर्दै आएको मैत्रीपुर्ण भलिवल प्रतियोगिता यो बर्ष आगामी अप्रिल महिनाको १८ तारिक बुधबारका दिन टोकियो कामताको ओताकु स्पोर्ट्स सेण्टर गरिने जानकारी दिएको थियो ।
बिगतका प्रतियोगिता भन्दा पृथक र थप ब्यवस्थित बनाउन कार्यक्रम आयोजक टिम बनाई आन्तरिक तयारी गरिरहेको क्लबका सचिब तथा कार्यक्रम प्रचार प्रसार संयोजक दुर्गा बहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागिताका लागी जापानमा क्रियाशील संघ संस्था र कल्बहरुलाई टिम दर्ताका लागी मार्च २५ देखी अप्रिल १० तारिक सम्म समयसीमा राखी पत्राचार गरिएको र सोही अनुसार अग्रिम दर्ता हुने १६ टिमलाई खेलमा समावेश गरिने जनाईएको छ । प्रदेसी भुमीमा ब्यस्तताका बाबजुत पनि नेपालको राष्ट्रीय खेल भलिबल खेलको प्रबर्द्वनका लागी क्लबले निरन्तर प्रतियोगिता संचालन गर्दै आईरहेको र यसबर्ष पनि त्यसकै निरन्तरता स्वरुप कार्यक्रम गरिएको प्रतियोगिता कभर्ट हल ब्यवस्थापन संयोजक लोकेश खत्रीले जानकारी दिनुभयो ।
प्रचलित टिटि सिस्टम अनुसार नेपाली रेफ्रीहरुद्नारा खेल संचालन गरिने भएकाले खेल निष्पक्ष र ब्यवस्थित तरिकाले संचालनका लागी गृहकार्य भैरहेको रेफ्री तथा खेल संयोजक भबिन थापाले बताउनु भयो ।
खेलाडी र खेलप्रतिको सम्मान स्वरूप क्लबले यस बर्ष प्रथम र द्वित्तिय पुरस्कार राशीलाई बढाउदै क्रमश ३ लाख येन र २ लाख येन बनाएको साथै प्रथम स्थान हासिल गर्ने टिमलाई सिल्भरको रनिङकप र उत्कृष्ट ५ बिधामा ५ खेलाडीलाई सिल्भरकै मेडलले सम्मान गरिने क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक रत्नसिंह बस्तेतले जानकारी दिनुभयो ।
भलिवल खेल नेपालमा पनि राष्ट्रिय खेल नेपाल सरकारले घोषणा गरे लगत्तै विदेशमा भएका भलिवल प्रेमिहरु पनि बढेकाले यसको निरन्तरर र बचाई राख्न आयोजना गरिएको आयोजकको दावि छ ।
पत्रकार सम्मेलनमा गलकोट समाजका अध्यक्ष नर बहादुर थापा, क्लबका सल्लाहाकार रामकृष्ण वम मल्ल ,नेपाल भलिवल संघ जापानका अध्यक्ष नविन गुरुङ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगाएतको उपस्थित थियो ।
प्रतियोगिताबाट बचेको रकमबाट बागलुङको गलकोट क्षेत्रमा आधिकारिक रुपमा संचालनमा रहेका क्लबहरुलाई खेल सामग्री प्रदान गरिने हुँदा खेलप्रेमी सम्पुर्णका लागी आर्थिक, भौतिक र नैतिक सहयोगको लागी आह्वान गरिएको कल्बका महासचिव लक्ष्मण कार्कीले बताउनुभयो ।
क्लबका महासचिव लक्ष्मण कार्कीले संचालन गरेको उक्त कार्यक्रममा रत्न सिंह बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।
