बिहिबार, बैशाख ०३, २०८३

एनआरएन जापानले महिला भलिबल प्रतियोगिता गर्दै

टोकियो,२८ फाल्गुन । ग़ैर-नेपाली सघं (एनआरएन) जापानले आपनो वार्षिक कार्यक्रम अन्तर्गत जापानमा पहिलो पटक महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

एनआरएन जापानले पहिले पटक आयोजन गर्न लागेको महिला भलिबल प्रतियोगितामा नौ महिला टीमको सहभागिता हुने एनआरएन जापानका सदस्य तथा प्रतियोगिताका संयोजक श्रृजना पाण्डेले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुने टोलिले एक लाख पचास हजार तथा दोश्रो हुनेले पचहत्तर हजार जापानि एेन पुरस्कार पाउनेछन ।

खेलको माध्यमबाट भाईचर बढाउने उदेष्य सहित पहिलो पटक आयोजना गरेको महिला भलिबल प्रतियोगिताले खेल, खेलाडि र भाईचारा बढाउन सहयोग पुग्ने विश्वास लिएको गैर आवसिया नेपाली सघं जापानका अध्यक्ष टासि लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा गल्कोट स्पोर्ट्स क्लब, टिम एभरेष्ट, टिम सिन्जो,टीम बाग्लुङ, मगर सघं जापान, मोना क्लव, पुन क्लब, टिम मनाङ र मगर सघ फुकुओका रहेका छन ।

सिन्जुकुको कसमस एरिनामा हुने प्रतियोगिता यहि मार्च २८ तारिक आईतबार नेपाल भलिबल सघ जापानको सहयोग र आठ टिमको सहभागिता रहेन छ ।