टोकियो,७ फाल्गुन । जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदको माध्यमबाट एकतामा बाध्दै एक आपसमा भाईचारा गराउने उद्देश्यले नेपाली नयाँ वर्षको अवसरमा आगामी १५ अप्रिल आइतबार अर्थात बैशाख २ गते तेस्रो “तमु धिं कप” २०१८ हुने भएको छ ।
तमुधिं जापानको अध्यक्ष अनिता गुरुङको अध्यक्षतमा सम्पन्न बैठकले तमु धिं जापानले आयोजना गर्दै आईरहेको विविध कार्यक्रम अन्तर्गत प्रवासमा रहेको नेपालीहरुलाई नेपाली नयॉ वर्षको शुभकामना सहित युवाहरुलाई खेल मार्फ़त भाईचारा बढाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५११,१११ येन रकम सहित प्रमाण- पत्र, दोस्रो हुने टोलीले २११,१११ येन र तेश्रो हुने टोलीले १११,१११ येन रकम पुरस्कार प्राप्त गर्ने आयोजक तमु धिं जापानले जानकारी दिएको छ ।
प्रतियोगितको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफ़ेन्स, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट भ्यालुएवल खेलाडीहरुलाई पनि मेडल र ट्रफी सहित क्वार्टर फाइनलको प्रत्येक खेलबाट म्यान अफ दि म्याच हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने तमुधिं जापानका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि संयोजकमा उपाध्यक्ष रमेश कुमार गुरुङलाई ज़िम्मा दिएको छ भने बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि संयोजकमा उपध्यक्ष रमेश कुमार गुरुङलाई ज़िम्मा दिएको छभने बिभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । सर्टिफिकेट तथा पास- श्री तमू, टाई सिट- सौगात तमू, शिल्ड मेडल- युक्तमान गुरुङ, मैदान, रेफ्री – दिनेश तमू, स्वंसेवक – पदम तमू, टिम संयोजक- लिल तमू, साउन्ड सिस्टम- जीतमान तमू, खेलाडी छनौट- प्रकाश, टम तमू र टम तमू (काले भाई) मिडिया संयोजकमा चित्र गुरुङ, भिडियो क्यामेरा- खड्का तमू र नविन तमू र अतिथि स्वागत- अनिला तमू र बशन्ती तमू तोकिएको छ । प्रतियोगिता फुजिमोरी पार्क हाचियोजि, टोकियोमा हुने छ ।
