प्रेरणा केसी राई-
मेरो नाम प्रेरणा केसी राई हो । म यतिवेला जापानमा रहदै आएको छु । जापानमा विभिन्न समयमा विभिन्न किसिमका कन्सर्ट, फोटो प्रतियोगिताहरुमा म लगभग सहभागि हुदै आएको छु । विदेशमा आएर पनि नेपाली साथीहरुसंग रमाईलो गर्नु अनि मनोरंजनका कार्यक्रममा सहभागि हुन पाउनु गर्वको कुरा हो जस्तो लाग्छ ।
मलाई कुरा बङगाएर भन्न आउदैन र सिधा रुपमा चित्त नबुझेको कुरालाई राख्न चाहन्छु । यतिवेला जापानमा दुईतीन वटा संस्थाहरु मिलेर मिस एण्ड मिसेस जापान नाममा एक प्रतियोगिता आयोजना हुन लागेको र मेरो त्यहाँको सहभागिताको विषयमा मलाई चित्त नबुझेको कुरा यहाँ सविस्तार राख्दैछु ।
पार्कमा फोटो सुट गर्नका लागि लुगा लगाउने ठाउ अभावमा
नजिकैको टवाईलेटको कोठा बाहेक विकल्प थिएन । जापानको पार्क हो भनेर चित्त बुझाईयो । जापानमा रहेका नेपाली दिदि बहिनीहरुलाई मनोरंजनसंगै प्रतिभा प्रस्फुटन गर्ने हिसावले आयोजना गरिनु पर्ने व्यूटिप्रीजेन्ट कार्यक्रमलाई आयोजकले पहिलो पटक भनेर धेरैले हेलचेक्राई र मनपरि गरेको पाए अनि भोगेपनि। सहभागि मध्ये सुरु देखि नै धेरैलाई काखा र कसैलाई पाखा लगाएको विषय होस वा यस्तो ईज्यतिलो प्रतिस्पर्धालाई केटाकेटीको खेल जस्तो बनाएको पाए ।
आयोजकले कुनैपनि कुरामा कम्प्लेन गरेको खण्डमा पहिलो पटक भनेर टार्ने गरेको उदहारण यहाँ भनि साध्य छैन। हामी पनि आफनो कामबाट बचेको समयमा यस्ता प्रतियोगितामा सहभागि भएर मनोरंजन अनि आफनो प्रतिभालाई समुदायमा देखाउन आतुर छौ। भनाईको अर्थ आयोजकले यो प्रतियोगितालाई व्यवसायीक भन्दा पनि बढी नै हेलचेक्राई गरेका छन। म यो दावी र प्रमाणका साथ भन्न सक्छु ।
मिस एण्ड मिसेस जापान प्रतियोगिता आफैमा नामै काफी छ। यो एक पटक आयोजना भएर अर्को पटक आयोजना नगर्दा पनि हुने प्रतियोगिता हैन। नियमित गरिन्छ यस्ता कार्यक्रम । यसकारण यो कार्यक्रम आयोजकले मनपरि ढंगले तयारी गराएको पाएपछि मैले त्यहाँ बसेर आयोजकलाई गाईड गर्न सकिन न की आयोजकले भनेको हरेक कुरा मान्न तयार भए ।
सहभागिहरुको फोटो सुट गर्दा मनपरि 
त्यहाँ कतिपय जानी नजानी सहभागि भएकाहरुकाे एक दुई वटा भन्दा धेरै फोटो नै खिचिएन। तर चिने जानेको र आयोजकका आफन्तको कति खिचियो कति।
प्रतियोगिताको पहिलो विधा अन्र्तगत मिस फोटोजेनिक प्रतिस्पर्धाका लागि हाराजुकु पार्कमा आयोजकले तोकेको समयमा पुग्दा कोही पनि देख्न पाईएन। केही बेर कुरेपछि फोटो ग्राफरहरु आईपुग्नुभयो। अनि साथमा सहभागि साथीहरुपनि आउनु भएको थियो।
पार्कमा फोटो सुट गर्नका लागि लुगा लगाउने ठाउ अभावमा नजिकैको टवाईलेटको कोठा बाहेक विकल्प थिएन। जापानको पार्क हो भनेर चित्त बुझाईयो। तर लुगा लगाएर तयार हुदा हुदै पार्कको मान्छे आएर अनुमति नलिई यहाँ कसैले फोटो सुट गर्न नपाउने भनेपछि त्यहाँ फोटो सुट हुन सकेन। पुन आयोजकले दिएको टयाक्सी भाडामा आफैले केही पैसा थपेर नजिकैको सिन्जुकु गोएनमा टिकट काटेर गयौ। त्यहाँ पनि पार्कमा फोटो सुट नगर्न भनेको थियो तर कसोकसो फोटो सुट भयो।
पार्कमा ३६ जनाको हुललार्इ आयोजकले मिस जापान र मिसेस जापानका सभागिहरुको फोटो सुट गर्दा मनपरि गरेको देख्यौ। त्यहाँ कतिपय जानी नजानी सहभागि भएकाहरुकाे एक दुई वटा भन्दा धेरै फोटो नै खिचिएन। तर चिने जानेको र आयोजकका आफन्तको कति खिचियो कति। यो विषयमा हामीले त्यही यसरी नगर्न अनुरोध गरयौ तर यसको सुनुवाई भएन। यति जवाफ आउथ्यो हामी पहिलो पटक हो हामीलाई त्यति थाहा छैन। कतिपयले कपाल नै नकोरी मेकअप नै नगरि बसेका थिए। कतिले फोटो सुट गरिअरी घर पुगिसकेका थिए।
एकजना मेकअप म्यान अनि तीनजना क्यामेराम्यानसंगै हामी ३६ जना थियौ। एकजनाले सवैलाई मेकअप गर्दा समयको ख्याल गर्न सकेको पाईएन। मसंगै गएका साथीहरुले दुईतीन जनाको मेकअप गरेर फोटो सुटमा समावेश गराएका थियौ। त्यहाँ कसैले पाएका कसैले नपाएका मिस एण्ड मिसेस जापान प्रतियोगिताको लुगा लगाएर फोटो खिचियो। यो विषयमा सहभागिहरुको फेसबुक ग्रुपमा भनाभन भएको थियो त्यहाँपनि आयोजकले आमी पहिलो पटक भनेर एक्सक्युज मागि हाल्ने।
कार्यक्रमको तयारी विषयमा आयोजक सजग त हुनुपर्छ
कमसेकम यति ठूलो कार्यक्रमको तयारी विषयमा आयोजक सजग त हुनु पर्छ। मैले यसरी भन्दा मेरो गुनासो वारेमा केही जवाफ नै दिनु भएन ।
मैले प्रतियोगिता छाडछु भनेर भन्दा कमसे कम आयोजकले त किन छाडनेसम्म भनेर सोधेका छैनन । हरेक समय गल्ती गरेर पनि पहिलो पटक भनेर पन्छने बानी गलत नै लाग्यो। यस्ता प्रतियोगिता नेपालमा बाहेक हङकङ, अमेरिका र बेलायत लगायतका देशमा मात्र आयोजक हुन्छ। त्यहाँ पनि प्रगितायोगिताको आलोचना त हुन्छ तर यतिको लापरवाही सुनेको थिएन।
त्यसपछि मैले आयोजकलाई सोधे हाम्रो अबको ट्रेनिङग सेसन कहाँ हुन्छ त्यहिको एकजनाले सोधेर जवाफ दिने भन्दै जवाफ दिए। मलै सुने अनुसार बाँकी ट्रेनिङग बारकाँडे रेष्टुरेन्टमा गर्न लागेको हो भनेर सोध्दा हो भनियो। त्यति नै बेला मैले यदि अबको सेसनहरु त्यहाँ हुन्छ भने आफु त्यहाँ जान नसक्ने र जानै पर्ने भए प्रतियोगिता छाडने निर्णय सुनाए।
मैले त्यो बारकाँडे रेष्टुरेन्ट व्यवस्थापक र स्थानको विषयमा भन्दा पनि त्यहाँ निर्धारण गरिएको समय अनि रेष्टुरेन्टको सानो कोठामा ३०-३५ जनाले एकै साथ तालिम गर्दा न क्याटवाक हुन्छ न त्यहाँ लुगा फेर्न र मेकअप गर्न पाईन्छ। विहान बेलुका गरेर सिफट मिलाए पनि विहान जम्मा १० जना अनि बेलुका २५ जनाका लागि ठाउ साच्चै सानो हुन्छ। त्यहाँ त नाच्नु पर्ने बेलामा पनि मान्छेले देखेको त छैननी भनेर सोचेर गर्नुपर्ने हुन्छ। अनि मेरो अर्को चिन्ता भनेको रेष्टुरेन्टमा खाना खान अनि बसेको जो कोहीले प्रतियोगितामा सहभागि कुनैपनि दिदि बहिनीहरुलाई केही भन्यो र झगडा भयो भने त राम्रो हुन्न भने।
प्रतियोगितामा सहभागिहरुको व्यक्तिगत सुरक्षा र गोपनियताको कुरा त्यहाँ रेष्टुरेन्टमा हुन्न भनि रहे। टोकियो सिनओकुवोमा यस्ता हल थुप्रै छन। सोलमारी र काठमाडौँ बारको हल जस्तो सेपरेट भएको खण्डमा सुरक्षित हुन्छ भनेर भनेको मेरो भनाईलाई सिधै सुनेको नसुने जस्तै गरे पछि मैले त्यहाँ जान उपयुक्त ठानिन र त्यसै बेला देखि आयोजक उक्तम श्रेष्ठ दाईलाई फोन गरेर भनेर म आउन नसक्ने भने तर उहाँले मेरो भनाई र प्रश्नको कुनै जवाफ नै दिनुभएन। कमसेकम यति ठूलो कार्यक्रमको तयारी विषयमा आयोजक सजग त हुनु पर्छ। मैले यसरी भन्दा मेरो गुनासो वारेमा केही जवाफ नै दिनु भएन। मैले प्रतियोगिता छाडछु भनेर भन्दा कमसे कम आयोजकले त किन छाडनेसम्म भनेर सोधेका छैनन।
मिसेस जापान तर्फको कुल ६ जना प्रतिस्पर्धी मध्ये तीन जनाले छाडिसके
मिसेस जापान तर्फको कुल ६ जना प्रतिस्पर्धी मध्ये म लगायत तीन जनाले छाडिसकेका छन अव जम्मा तीनजना मात्रले फाईनल भिडने छन ।
आयोजकले सहभागि सवैको कुरा सुन्नुपर्छ । मेरो गुनासोको सुनुवाई भएपनि नभएपनि कमसे कम मेरो कुरा सुन्ने पनि काम गरिएन। मलाई पनि कसैले कर गरेर गएको थिईन। यस्तो प्रतियोगितामा मलाई रहर लागेर यस्तो कामको व्यस्तता बीच सहभागि हुन लागेको थिए। मलाई त यसरी केही नजान्ने जस्तो गरिन्छ भने त्यहाँ सहभागि भएका नयाँ र नवोल्ने बहिनीहरुको अवस्था झन कस्तो होला ।
यो मिस एण्ड मिसेस जापान प्रतियोगिता सामान्य प्रतियोगिता होईन। मेरो अनुभवमा मैले सन २०११मा नेपालमा मिस टिन प्रतियोगितामा सहभागिता भएको थिए। जसको कारण मैले त्यति नै बेला केही म्यूजिक भिडियोहरुमा मोडलिङग गर्न पाएको थिए। यस्ता प्रतियोगिता सामान्य लागेपनि म जस्ता धेरै युवाहरुका लागि प्लेटफर्म पनि हो। यस्तै प्रतियोगितामा सहभागि भएका धेरै सिनियरहरु अहिले धेरै राम्रो काम गरेर नाम र दाम कमाएका छन। नामै लिनुपर्दा मिस नेपालहरु अनि मिस टिनमा सहभागि भएकी प्रियन्का कार्की अहिलेकी सर्वाधिक चर्चाकी नायिका हुन। जापानबाट सहभागि भएकाहरु पनि भोली त्यो स्थानमा पुग्न सकिएला नसकिएला तर प्रतियोगिता आयोजनाका नाममा हेलचेक्राई गर्नु हुदैन भन्ने लागेको छ।
अझ रोचक त के भने मिसेस जापान तर्फको कुल ६ जना प्रतिस्पर्धी मध्ये म लगायत तीन जनाले छाडिसेका छन अव जम्मा तीनजना मात्रले फाईनल भिडने छन। तीनजना मात्र भिडेको प्रतिस्पर्धा कस्तो होला ? अत्यमा सहभागि सवैलाई अग्रिम शुभकामना सहित आयोजकले युटुयुव हेरेर व्यवस्थित कार्यक्रम कसरी हुन्छ त्यो हेर्न अनुरोध गर्दछु।
