बुधबार, असार ०३, २०८३

जापानको एक बृद्धाश्रममा आगलागी हुदाँ ११ जनाको मृत्यु

जापान,१८ माघ । जापानको एक बृद्धाश्रममा भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ ।  बुधबार राती सपोरोको एक बृद्धाश्रममा भएको आगलागीमा ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरु स्थानिय संस्थाले घरबारविहिनहरुका लागि चलाउँदै आएको बृद्धाश्रमका १६ जनामध्ये रहेको प्रहरीले बिहिबार जानकारी दिएका छन् । सपोरो रेलवे स्टेसनबाट १.५ किमिको दुरीमा रहेको आवासीय क्षत्रमा रातीको करिब ११ बजेर ४० मिनेट जाँदा भएको आगलागीबाट ५ जना सुरक्षित रहेको प्रहरीले बताए । आगलागीको कारण भने अझैँ पत्ता लगिसकेको छैन । रातीको समयमा भने त्यस आश्रममा कर्मचारी नराख्ने गरेको संचालक गैर नाफामूखी संस्था होमलेस सपोर्ट होकाइदो नेटवर्कले बताएको छ । पहिले होटेलको रुपमा प्रयोग गरिएको उक्त घर संचालकले भाडामा प्रयोग गर्दै आएको थियो ।

१० भन्दा बढी विस्फोट सुनिएपछि आफुले उक्त घर आगोको मुस्लोमा परिणत भएको देखेको एक प्रत्यक्षदर्शीले बताएको जापान टुडेले जनाएको छ ।