बुधबार, असार १०, २०८३

४३औँ साहित्यिक शृंखला तथा शुभकामना आदान प्रदान कार्यक्रम

टोकियो,२५ पुस । अन्तराष्ट्रिय साहित्य समाज जापान च्याप्टरले ४३औँ साहित्यिक शृंखला तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको कार्यक्रममा साहित्यप्रेमिहरुका गजल, कविता र मुक्तकले माहोल सुन्दर बन्यो ।

अंग्रेजी नयाँ बर्षको पहिलो आइतबार टोकियोमा साहित्य सर्जकको रचनाले साहित्यमय भयो ।  साहित्यिक बसाईमा देश दुखेका कुरा, प्रेम र परदेशका कुराले बसाई न्यानो बनेको थियो । टोकियोको बारकाडे गुड टाईम्सको सभाहलमा आयोजित कार्यक्रमा साहित्यलाई माया गर्ने बिभिन्न बिधाका ब्यत्तिको सहभागिता रहेको थियो ।  कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष शिब पौड़ेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, समाजसेबी डा।विजय ज्ञवाली, अनेसास जापानका पुर्व अध्यक्ष बेलुकाजी थापा, प्रवासी नेपाली मञ्चका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ अनेसास जापानका सल्लाहकार शुष्मा ओमाता, गायक युवराज आचार्य लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रम समाजका अध्यक्ष दिप पाठकको अध्यक्षता संस्थापक अध्यक्ष कुमार बस्नेतको प्रमुख आथित्यता बिष्णुप्रसाद घिमिरे र दिनेशराज ज्ञवालीको बिषेश आथित्यता एवम महासचिव अरुण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।