राजकुमार राई
जापान, हामी सबैलाई अवगत भएकै कुरा हो नेपाल एक बहुबाषिक ,बहुधार्मीक ,बहुसष्कृतीक मुलुक हो जहा मीश्रीत समाज र समुदय अनुसार हावापानी र रहनसहन समेत फरक पाईन्छ । नेपालमा भिबिन्न कालखण्डमा भिबिन्न परिवर्तनहरु भए तर देश एक जाती,एक भाषा ,एक सस्कृती मान्ने समुदयको हालीमुहालीमा मात्रा सिमित भयो जसले गर्दा बिस्वा समुदयमाझ देशको बिकास अग्रपङतीमा जान सकेन साथै शाषक बर्गले देशका सबै भाषा बोल्ने ,सष्कृती मान्ने सबै समुदयका जनतालाई समान अबसर प्रदान गरि अगाढी बढाऊनुको सट्ट नेपालमा जातीमा खस आर्य ,धर्ममा हिन्दु धर्म मान्ने समुदयको मात्रा स्तर उन्नती गर्ने र अरु सबै भाषा सस्कृतीको हत्य गर्ने गरि षड्यान्त्रपुर्ण तवाराबाट नेपालाई हिन्दु राज्य घोषणा गरि नेपालका सरकारी कार्यलय ,प्रहरी ,सेना र राजनैतिक दलका कार्यलयहरुमा झुन्ड्याईने भगवानका तस्बीरहरु अनीवार्य हिन्दु धर्मलम्बीले मान्ने देबी देवाताका तस्बीर झुन्ड्याईयो,जागीर खादा अनीबार्य हिन्दु धर्म लेखिनुपर्ने ,सपथ खादा गीतालाई छुनु पर्ने ,नागरिगता लिदा ढाका टोपी लगाऊनुपर्ने र अनीबार्य खस भाषा बोलीनुपर्ने जस्ता बाध्यात्मक ब्याबस्थाको लागु गरियो अन्यथा यि बाध्यात्मक सर्तहरु पुर्ण नगरेको खण्डमा नेपाली नागरिगता लगयात सरकारबाट प्राप्त गरिने सबै सेवा सुबिधाबाट बन्चित गरिने ,हिन्दु सस्कृती शिक्षालाई बढुवा गर्ना सरकारी मान्यता दिने ,पाठ्यक्रममा अनिवार्य सस्कृतीको अध्यान जस्ता एकात्मक बाध्यकारी ब्यबस्थाका कारण नेपालका खस आर्य समुदय बाहेकका अन्य समुदयहरु जसले खस आर्य समुदय भन्द फरक भाषा बोल्ने र फरक धर्म मान्ने समुदयको मुख्यता भाषीक र धार्मीक कारणले सरकारी सेवा र राजनितिमा अगाढी आऊन सकेनन फलत यि समुदयहरु राजनैतिक ,सरकारी सेवा र सन्चार जगतमा आफ्नो उपस्थिति जनाऊन जबरजस्ती रुपमा भाषामा खस भाषा ,धर्ममा हिन्दु मान्न बाध्य भए बिस्तारै खस समुदय बाहेकका समुदयका मानीसहरुले अबसरको खोजीमा भिबिन्न लोभलालजमा आफ्नो भाषा सस्कृती भन्दानी खस भाषा र हिन्दु धर्मप्रती आकषर्ण बढ्दै गई अन्ततगत बीस्तारै आफ्ना भाषा र सस्कृतीहरु बीर्सीदै गई नेपालका नेपालमा बोलीले खस भाषा बाहेकका सबै भाषाहरु लोभ हुदै गएको पाईन्छ ।
नेपालमा हिन्दुहरुका सस्कृती संरक्षणको लागी निर्माण गरिएका सस्कृत अध्यान केन्द्र ,बिस्वाबिधलय ,मठ मन्दीर र पण्डीतहरुको नाममा राज्यकोषबाट करोडौ बजेट सम्मामजनक तवाराबाट बिनियोजन गरिन्थ्यो साथै सस्कृती बिस्वा बिधलय र कलेजमा अध्यानरत छात्र छात्राहरु नेपाल सरकारको कर्मचारी लगयात सबै क्षेत्रमा प्रबेश गर्ना सकीने सरकारी प्रबाधान लागु गरिएको थियो जुन ब्याबस्था अहिलेपनि जारी छ भने अर्कोतीर बौध्द ,ईसाई,मुस्लीम ,कीरात धर्मलम्बीहरुका आस्थाका केन्द्र स्तुपा,गुम्बा ,चर्च ,मस्जीत जस्ता धार्मीक स्थलहरु स्वातन्त्र ढङगबाट सन्चालन गर्ना नदीई भिबिन्न बाहानामा आक्रमणको सिकार भईरहन्थ्यो साथै गुम्बा ,चर्ज र मस्जीतहरुमा अध्यान गर्ने बीदार्थीहरुलाई बीदेशी शिक्षा लागु गरिएको लगयाड अनेकौ झुठो मध्द लगएर प्रहरी र सेना मार्फत अपरण र आक्रमण गर्ना लगाई हीरासतमा राखी मानसिक तथा शारीरिक रुपमा दण्डीत गर्नाका साथै राज्यकोषबाट हिन्दु धर्म र खस भाषा बोल्ने समुदयभन्दा बाहेकका समुदयका सस्कृती र भाषीक बिकासका लागी कुनै पहल नगरि बिकास बजेट समेत नछुटाई गैरन्यायीक तवाराबाट हाम्रो भाषा र सस्कृतीलाई एकात्मकबादी राज्य सत्ताले हत्य गरिएको छ जसको क्षती पुर्ती राज्यले बेहोर्नुपर्दछ ।
अत राज्यका यि गैरन्यायीक बिभेदका कारण एका दुई बाहेक नेपालका सबै नेवारले नेवारी भाषा ,भिबिन्न जातीमा फैलीएर रहेका कीरातीहरुले कीरात भाषा ,शेर्पाहरुले शेर्पा भाषा लगयतका सबै आधिबासी भुमी पुत्रहरुले नेपाल अधिराज्यभरी र प्रबासमा समेत बोल्न र प्रयोगमा ल्याऊन सक्दैनन जुन दुखद बीषय हुन तथापी नेपाल राष्ट्रको बिकासका लागी नेपालमा बसोबास गर्ने सबै जनताहरुले मान्ने सबै धर्म ,बोलीने भाषालाई समान अधिकार दीदै राष्ट्रको बिकास निर्मणमा सबै समुदयको सम्मानजनक सहभागिताबाट मात्रै देशको बिकास गर्ना सकिन्छ भन्ने सोच र चिन्तन नेपालका एकात्मकबादी सोच र चिन्तन भएका शासकहरुमा नआएसम्मा देश बिकासलाई अग्रगमनको दीशामा लानु असम्भब छ जुन कुराको हेक्का शाषक बर्गले राख्नु जरुर छ ।
(अध्यक्ष :किरात राई यायोक्खा, जापान )

