बुधबार, असार १०, २०८३

जनसम्पर्क समिति जापानको शुभकामना कार्यक्रम

जापान,१६ पुस ।  नेपाली कांग्रेसको प्रवासी नेपालीहरुको भातृ संगगठन नेपाली जनसम्पर्क समिति जापानले ४२ औं राष्ट्रिय मेलमिलाप दिवस तथा नयाँ वर्ष २०१८ को अवसरमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ

कार्यक्रम टोकियोस्थित नेपाली मुरा हल, सोलमारीमा आयोजना गरिने जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्कीले जानकारी दिनुभयो ।

नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा वर्तमान नेपालको राजनीतिक अवस्था लगायतका विषयमा खुल्ला अन्तर्क्रिया समेत गरिने छ ।

महामन्त्री रामजंग कार्कीका अनुसार सोही अवसर पारेर नवनियुक्त सभापति रोशन केसीसंग जापानमा नेपालीहरूको अवस्था र जनसम्पर्क समितिको भूमिका विषयमा छलफल समेत गरिने छ ।

जननायक वीपी कोइरालाले भारत निर्वासन त्यागेर मेलमिलापको नीति अँगाल्दै स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय मेलमिला दिवसका रुपमा मनाउँदै आएको छ ।