जापान,१६ पुस । प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको सरकारले अमेरिकी सैन्य आधार ओकिनावाको दक्षिण पश्चिमी शहर नागोमा पुर्नस्थापना गर्ने योजनाका लागि आर्थिक सहयोगको आग्रह गरेको छ ।
योजना गरिएको पुर्नस्थापना स्थलका स्थानिय वासिन्दासंगको बैठकपछि मन्त्रीपरिषदका मुख्य सचिव योसिहिदे सुगाले स्थानियको सुरक्षा तथा क्षत्रिय अर्थतन्त्र प्रवर्धन गर्न केन्द्रीय सरकार प्रतिबद्ध रहेको बताएका थिए । सरकारले फुतेन्मामा रहेको सैन्य शिविर नौसेनाको स्वाब शिविरनजिकै सार्नका लागि समुद्री पर्खाल निर्माण सुरु गरिसकेको छ तर अमेरिकी सेनाको प्रमुख शिविर रहेको ओकिनावाका स्थानिय वासिन्दाले उक्त योजनाको विरोध गरेका छन् ।
फर्वरीमा भएको मेयरको चुनावमा सत्तारुढ गठबन्धनले समर्थन गरेका नागोका मेयर उम्मेदवार र अक्टोबरमा अमेरिकी नौसेनाको हेलिकप्टर दुर्घटना भएको ओकिनावाका मेयरसंग पनि यस विषयमा वार्ता गरेका छन् । यस योजनाका समर्थक ताकेतोयो तोगुचीसंगको वार्तापघि सुगाले फुतेन्मास्थित अमेरिकी शिविरलाइ नागोमा सार्ने र सरकारले त्यहाँका वासिन्दाको सुरक्षाको प्रत्याभुति गर्ने बताएका छन् ।
पछिल्लो पटक ओकिनावाको एक विद्यालयको मैदानमा अमेरिकी सेनाको हेलिकप्टरको झ्याल खसेको लगायत धेरैपटक अमेरिकी सैन्य विमानहरु दुर्घटना भइसकेका छन् । फुतेन्माको शिविर रहेको जिनोवान शहरमा शुक्रबार सयौँको संख्यामा उपस्थित भएका स्थानियले ओकिनावाका विद्यालय माथिबाट भएर जाने अमेरिकी सेनाका विमानको उडान बन्द गरिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् ।
