बिहिबार, असार ०४, २०८३

जापान सरकारले शान्ति सुरक्षाको बजेट अहिलेसम्मकै बढी पारित

जापान,१० मंसिर । जापानको मन्त्रीपरिषदले २०१८ का लागि उत्तर कोरियाको क्षेप्यास्त्र तथा आणविक चुनौतिको सामना गर्नका लागि रक्षातर्फ अहिलेसम्मकै उच्च बजेट पारित गरेको छ र यो चार वर्षकै उच्च बजेट हो ।

पछिल्लो वर्ष ५.१३ ट्रिलियन येन रहेको बजेट ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सुधार र फाइटर जेटबाट प्रक्षेपण गर्न सकिने लामो दुरीका क्रुस क्षेप्यास्त्र खरीदका लागि उक्त बजेट बृद्धि भएर ५.१९ ट्रिलियन येन पुर्याइएको हो । देशको सुरक्षा निकै ठूलो चुनौतिमा रहेको र यसलाइ सम्बोधन गर्न अपरिहार्य रहेको रक्षा मन्त्री इत्सुनोरी ओनोडेराले शुक्रबार पत्रकारहरुमाझ बताए ।

पारित बजेट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली एइजीस एशोर , टर्मिनल हाइ एल्टिच्युड एरिया डिफेन्स (टिएचएएडी) , अन्य प्रविधि जडानका लागि खर्च गर्ने जापान सरकारको योजना रहेको छ ।