टोकियो । नेपाल जापान युथ क्लबद्वारा जापानमा अहिले सम्मकै सबैभन्दा ठुलो धनराशीको फुटबल प्रतियोगिताको उपाधी काभ्रेली समाज जापानले जित्न सफल भएको छ ।
आईतवार हाचियोजिमा भएके खेल प्रतियोगितामा २४ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको फाईनलमा काभ्रेली समाज जापानले २-९० कलभैरब एफ.सी तोचिगीलाई जित्न सफल भएको छ । खेलको दोस्रो हाफमा काभ्रेलीका खेलाडी सरोज थापा र सागर चौधरीले गोल गर्न सफल भएका थिए । कलभैरबका खेलाडीले गोल गर्ने धेरै अवसरहरु गुमाएका थिए । त्यस्तै तेस्रो स्थानको लागि राइजिङ नेपाल तामाङ युथ क्लब जापानको खेल राइजिङ नेपाल जित्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम भएको काभ्रेली समाज जापानले ५,५०,००० येन र ट्रफि तेस्तै दोस्रो हुने कलभैरबले २,५०,००० येन र ट्रफि , तेस्रो हुने राइजिङ नेपाल ए ले १,००,००० र ट्रफि प्राप्त गेरेका थिए ।
खेलको सर्बश्रेष्ट खेलाडी काभ्रेली समाजका सागर चौधरी,उत्कृष्ट गोलकिप्पर तामाङ युथ क्लबका बिशाल गैरे , सार्बधिक गोलकर्ता कलभैरबका अमन घले ,उत्कृष्ट रक्ष कलभैरबकै भएका थिए ।
