सोमबार, बैशाख ०७, २०८३

जापानको आर्थिक बृद्धिदर १.४ प्रतिशत

जापान : विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको वार्षिक आर्थिक बृद्धिदर जुलाइ देखि सेप्टेम्बरको अवधिमा लगातार सातौँ पटक चौमासिक रुपमा १.४ प्रतिशतले बृद्धि भएको छ ।

जापानको अर्थतन्त्र २००१ देखि निरन्तर बृद्धि भइरहेको छ । अप्रिल – जुलाइको चौमासमा २.६ प्रतिशत बृद्धिदर रहेको अर्थतन्त्रमा गिरावट आएको मन्त्रालयको कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख छ । तुलनात्मक रुपमा घरायसी आवश्यकता न्युन भएको अवस्थामा बलियो निर्यात र कर्पोरेट लगानीले अर्थतन्त्रमा टेवा पुर्याएको छ ।

सात चौमासमा पहिलोपटक जुलाइ – सेप्टेम्बरमा व्यक्तिगत उपभोग ०.५ प्रतिशतले ह्रास भएको प्रतिबेदनले बताएको छ । अप्रिल – जुलाइमा चौमासिक निरन्तर ०.६ प्रतिशतको बृद्धिदर भने चौमासिक ०.३ प्रतिशतमा झरेको छ ।