जापान । दोस्रो चरणको बाढि पीडितको लागि बाँके बर्दिया मैत्री समाजद्वारा आयोजना गरिएको फुटबल खेलमा राइजिङ नेपाल बि विजेता भएको छ ।
आईतवार भएके खेलमा उपविजेता राइजिङ नेपाल ए भएको छ ।
विजेता टिमलाई प्रमुख अथिति पूर्व राष्टिय खेलडी तथा नेपाल जापान फुटबल संघका अध्यक्ष बसन्त गौचनद्वारा ट्रफि र २,२२,२२२ येन हस्तान्त्रण गर्नु भयो । उपबिजेता टिमलाई अथिति तथा खेलका बिशेष सहयोगि प्रसान्त तमाङद्वारा ट्रफि र १,११,१११ येन हस्तान्त्रण गर्नु भयो । खेलमा ३० टिमले सहभागिता जनाएका थिए ।
तेस्तै खेलको उदयमान खेलाडीको पुरुस्कार काभ्रेली समाज सोबिन लामा ,उत्कृष्ट गोलकिप्पर राइजिङ नेपाल बि का सचिन श्रेष्ठ धेरै ,उत्कृष्ट रक्षक कलभैरबका पर्तिम गुरुङ, सर्बाधिक गोलकर्ता राइजिङ नेपाल एका सुदिर गुरुङ र खेलका सर्बश्रेष्ट खेलाडी राइजिङ नेपाल एका अजय गुरुङ भएका छन ।
बाढि पीडित रहातको लागि खेलाएको खेलमा दिपकद्वारा ५०,००० थेन , काभ्रेली समाज जापानद्वारा ३५,००० येन, आजितो निकु डाइनिङ बार इकेबुकुरो कार्साङ लामाद्वारा २५,००० येन नेपाल जापान युथ क्लब तथा एनआरएनए जापानका युवा संयोजक लेलिन भट्टचनद्वारा २०,००० आर्थिक सहयोग गर्नु भएको थियो ।
खेलमा बिशेष सहयोग गर्ने काभ्रेली समाज जापान ,किरात योयोख्खा जापान,किरात युथ जापान ,हाइजिमा युथ आरआरजि क्लब र बागेश्वरी युथ तथा आर्थिक सहयोग गर्ने र सम्पूर्ण सहभागि टिम अनी आ९आफ्नो ठाउँ बाट सहयोग सम्पूर्णलाई आयोजकले धन्यवाद दिदै खेलबाट बचत रकम नेपाल पठाइने खेल संयोजक तथा बाँके बर्दिया मैत्री समाज जापानका सचिब सुशिल मल्लले बताउनु भयो ।

