सोमबार, बैशाख ०७, २०८३

तनाव बढेमा शरणार्थीहरुलाई गोली हान्न सकिन्छ : मन्त्री आसो

जापान,१० असोज । कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएमा उत्तरबाट जापानतर्फ आउने हतियारबन्द शरणार्थीहरुलाई गोली हान्न सकिने जापानी उप प्रधानमन्त्री तारो आसोले जनाएका छन् ।

अर्थ मन्त्री समेत रहेका आसोले टोकियोको उत्तरतर्फ टोगिचि प्रान्तस्थित उत्सोनोमियामा आयोजित एक समारोहमा सम्बोधन गर्दै उनले भने , “के प्रहरीले यस्तो अवस्था नियन्त्रण गर्न सक्छन रु के आफ्नो सुरक्षा बल ९ एसडिएफ ० लाई पठाएर उनीहरुलाई गोली हान्न सकिन्छ रु यस्ता विषयमा आफुहरुले गम्भिर भएर सोच्ने जानकारी दिएका छन् ।

उत्तर कोरिया र अमेरिकाले एकअर्काको आलोचना गरिरहेको अवस्थामा उनको यस्तो प्रतिक्रिया आएको हो ।  कोरियाली प्रायद्वीपमा उच्च तनाव भएको अवस्थामा उत्तर कोरियाबाट ठुलो संख्यामा शरणार्थीहरु जापान प्रवेश गर्न सक्ने सम्भावना उच्च रहेको छ ।

सी अफ जापान हुदै निगाता , यामागाता र एओमोरी प्रान्तमा अनुमानित एक लाख बढि शरणार्थी उत्तरपूर्वी जापान प्रवेश गर्ने र तीमध्ये केही हतियार बोकेका हुनसक्ने सम्भावनालाई आधार मानेर आसोले उक्त तयारी गरेको जानकारी दिएका छन् । एसडिएफ लाई खटाएर गोली हन्न पनि सक्ने बताएका हुन् ।

सरकारले यस्ता शरणार्थीलाई कसरी व्यवस्थावपन गर्ने भन्ने विषयमा छलफल गर्नुपर्नेमा जोड दिँदै यो निकट भविष्यको समस्या हुनसक्ने भएकाले एक राजनितिज्ञले यस्तो आपतकालिन अवस्थाको बारेमा सोच्नुपर्ने प्रतिक्रिया दिएका छन् ।@nepaljapan