बिहिबार, बैशाख ०३, २०८३

टोकियोमा सम्पन्न काभ्रेली कपको उपाधि राईजिङ नेपाललाई

चित्र गुरुङ,टोकियो,२ असोज । जापानमा सम्पन्न भएको काभ्रेली कपको उपाधि राईजिङ नेपालले हात पारेको छ । जापानमै अहिलेसम्मकै सबै भन्दा ठुलो धनराशी भएको फुटबल खेलको पहिलो उपाधि राईजिङ नेपालसगै टोक्यो व्रदर्स सेतो दोस्रो र तेस्रोमा टोक्यो ब्रदर्स पहेलोले हात पारेको हो ।

काभ्रे समाज जापानले टोकियोमा सेप्टेम्बर १७ मा सम्पन्न गरेको काभ्रेली कपमा ३ ५  टिमको सहभागि रहेको थियो । काभ्रेली कपमा प्रथम स्थान हासिल गरे संगै राईजिङ नेपाल ३ लाख येन र ट्रफी ,टोक्यो व्रदर्स सेतो द्धितिय पुरस्कार १ लाख ५० हजार येन र ट्रफी तथा तेस्रोमा टोक्यो ब्रदर्स पहिलोले तृतिय पुरस्कार ५० हजार येन का साथै बेस्ट खेलाडी अजया गुरुङ, हाई स्कोरर राम विक , बेष्ट कीपर संजिप खड्का ,बेस्ट डिफेन्स सुर्य गुरुङ ,बेस्ट गोल्किप्पर पुरस्कार प्रदान गरिएको थियो भने खेल खेल्लको लागि टोकियो आसपास र टोकियो वाहिर सिजुओका,गुन्मा लगाएतको ठाउवाट सहभागिता जनाएको आयोजकले जनाएको छ ।  काभ्रेली कप सम्पन्न गर्न काभ्रे समाजले कुन्साङ लामा र गोपाल थोकरलाई जिम्मा दिएको थियो ।

उक्त खेलको समापन कार्यक्रम खेलाडी नेपाल जापान फुटबल संघका बसन्त गौचनको प्रमुख आतिथ्यतामा ,एनआरएनए जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल ,सचिव जनकबिक्रम शाहि,सदस्य नारायण खड्का लगाएत विभिन्न ब्यक्तित्वहरु अथितिमा सम्पन्न भएको थियो ।
उक्त खेल मौसम खरावि पानी परे पनि सम्पन्न गरेको काभ्रे समाज जापानका अध्यक्ष मेघ वाईवाको सभापतित्वमा समापन कार्यक्रम समापन भएको  प्रशान्त तामाङले जानकारी दिनुभयो । kabhreli