बुधबार, मङि्सर ०३, २०८३

जापानस्थित संघसंस्था र राजदूतावाससँग समन्वय गर्न जनसम्पर्क समितिले खटायो गुरुङलाई

टोकियो । नेपाली जनसम्पर्क समिति जापानले जापानस्थित विभिन्न संघसंस्था तथा नेपाली राजदूतावाससँग समन्वय गर्ने विभागको संयोजकमा समितिका उपसभापति युवराज गुरुङलाई नियुक्त गरेको छ।
समितिको चिबा फुनाबासीमा बसेको कार्यसमिति बैठकको निर्णयअनुसार गुरुङलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। विभागको सदस्यमा सहमहामन्त्री कुशल घिताललाई चयन गरिएको समितिले जनाएको छ।
समितिका सभापति राजेन्द्र जमरकट्टेल ,महामन्त्रीद्वय विराट खनाल र अशोक शर्माले हस्ताक्षर गरेको पत्रमार्फत नियुक्तिबारे जानकारी गराइएको छ।
नवनियुक्त संयोजक युवराज गुरुङलाई संस्थाको विधान, नियमावली तथा कार्यसमितिका निर्णयअनुसार जापानस्थित विभिन्न संघसंस्था र नेपाली राजदूतावाससँग नियमित सम्पर्क तथा समन्वय गरी आपसी सहकार्य, सद्भाव र संस्थागत सम्बन्ध सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।
समितिले गुरुङको अनुभव र संगठनप्रतिको प्रतिबद्धताले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।

यसमा तपाईको प्रतिक्रिया