जापान,१३ भदौ । नेपाल जापान फुटबल सघ गठन, अध्यक्षमा पुर्व खेलाडि गौचन जापानमा रहेका नेपालीहरुलाई फुटबल मार्फ़त एकता गोलबन्द गर्दै जापानबासि नेपालीहरु सहित नेपालको लोकप्रिय खेल फुटबल विकास जापानबाट सहयोग गर्ने उदेष्य राखि नेपाली राष्ट्रिय टोलिका लोकप्रिय पुर्व खेलाडी बसन्त गौचनको अध्यक्षतमा नेपाल जापान फुटबल सघ गठन भएको छ ।
नेपाली फुटबलको प्रतिभावान खेलाडिहरुलाई जापानमा ब्यबसायिक खेलको वातावरण निर्माण गर्न र जापानमा रहेका करिब ८० हजार नेपालीका बच्चाहरुलाई फुटबल प्रति चासो बढाउन नेपाल जापान फुटबल सघ गठन गरिएको अध्यक्ष गौचनले जानकारी दिए । गौचनको अध्यक्षतमा गठन भएको संघमा अहिले १५ सदस्य कार्यसमिति निर्वचित भएका छन । नेपाल जापान फुटबल सघले दिएको जानकारी अनुसार केहि समय भित्रै जापानमा रहेका नेपाली समुदायमा निःशुल्क फुटबल ट्रेनिङ क्याम्प गरिने जानकारी दिएको छ । नव निर्वचित कार्यसमितिमा अध्यक्षमा बसन्त गौचन, उपध्यक्षमा सचिन श्रेष्ठ र प्रकाश गुरुङ, महासचिवमा सुर्य गुरुङ सचिवमा प्रशान्त तामाङ, कोषध्यक्षमा रोशन बोजिमाया सहकोध्यक्षमा अखिल तामाङ, सदस्यहरु विशाल कार्कि,कुमार तामाङ, राकेश रुम्बा, पाराश गुरुङ, मनि थापा, सन्तोष पुन, सुजित थापा, आशिष गुरुङ चयन भएका छन ।
त्यस्तै सलल्हाकारहरुमा राजिव श्रेष्ठ, अंमूत गुरुङ, मोहन घले, विजय थकाली, प्रकाश तुलाचन, रमेश गुरुङ, लेलिन भट्टचन, निर्मल लामा, सुरेन्द्र श्रेष्ठ, र लिल गुरुङलाई चयन गरेको छ । यसैविच अभ्यास खेलको लागि जापान आएको नेपाली फुटबल टोलिको रिपोटिङमा जापान आएका गोल नेपाल डट कमका सिईओ विक्रम थापालाई नेपाल जापान फुटबल संघले स्वागत सहित रात्रि भोज सम्पन्न गरेको छ । कार्यक्रमों संघको पदाधिकारीहरु सल्लाहकार सहितको सहभागिता रहेको थियो । कार्यक्रमों एनआरएन जापानका नवनिर्वचित अध्यक्ष टासि लामा, पत्रकार महासघ जापानका अध्यक्ष मोहन घले, ब्यबसायि विजय थकाली, राजिव श्रेष्ठ, लगाएतको सहभागितामा पत्रकार थापाले नेपाली फुटबलको बारेमा बिभिन्न जानकारीहरु राख्नु भएको थियो ।
