बिहिबार, साउन २८, २०८३

पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति पत्रकार महासंघ जापानको आपत्ति

जापान । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ जापान शाखाले गम्भीर आपत्ति जनाएको छ।

महासंघ जापान शाखाका सचिव अर्जुन लामिछानेले विज्ञप्ति जारी गर्दै समाचार तथा सम्पादकीय सामग्री प्रकाशनसँग सम्बन्धित विषयमा पत्रकारमाथि धरपकड तथा गिरफ्तारी गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताएका छन्।

प्रकाशित सामग्रीप्रति असहमति वा उजुरी भए कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्ने भन्दै महासंघले पत्रकारलाई त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने कार्य तत्काल रोक्न माग गरेको छ।

महासंघले वरिष्ठ पत्रकार श्रेष्ठलाई तत्काल र बिनाशर्त रिहा गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ।

यसमा तपाईको प्रतिक्रिया