जापान । भगवान गौतम बुद्धको २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा टोकियोमा २५७०औँ बुद्ध जयन्ती विशेष समारोह हुने भएको छ ।
नेपाली राजदूतावास, टोकियोको संयोजन तथा गैर आवासीय नेपाली संघ (NRNA) जापान र नेपाल आदिवासी जनजाति महासंघ जापान (NEFIN Japan) को संयुक्त आयोजनामा मे २ तारिख शनिवार समारोह आयोजना हुने लागेको हो ।
२०८३ साल बैशाख १९ गते शनिबार (२ मे २०२६) टोकियोस्थित रेइयुकाई हेडक्वार्टरसमा विशेष समारोह आयोजना हुँदैछ।
शान्ति, करुणा, मैत्री र सहअस्तित्वका विश्वव्यापी सन्देशवाहक बुद्धको जन्मजयन्ती केवल धार्मिक वा सांस्कृतिक अवसर मात्र नभई नेपालको गौरव, सभ्यता र विश्वशान्तिको सन्देशलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुनःस्थापित गर्ने महत्वपूर्ण अवसर पनि हो।
जापानमा यस अघि पनी जापानमा विश्व शान्तिका दूत गौतम बुद्ध नेपालमा जन्मेको सन्देश दिन विभिन्न कार्यक्रम गरिने गरेको थियो ।

