आइतबार, बैशाख १३, २०८३

नेपाली राजदूतावासमा पेश गर्नुअघि कागजात प्रमाणीकरण गर्न आग्रह

टोकियो । जापानस्थित नेपाली राजदूतावासले जापानी सरकारी निकायबाट जारी भएका कागजात राजदूतावासमा पेश गर्नुपूर्व प्रमाणीकरण गर्न आग्रह गरेको छ ।

राजदूतावासले एक सूचना जारी गर्दै सबै कागजात राजदूतावासमा पेस गर्नुअघि प्रमाणीकरण गराउन आग्रह गरेको हो । राजदूतावासबाट जारी सूचनामा जापानको सिटी अफिस र अन्य सरकारी निकायबाट जारी भएका जन्मदर्ता, मृत्युदर्ता, विवाह सम्बन्धी कागजात, सम्बन्ध बिच्छेदको प्रमाणपत्र लगायत जापानी कन्सुलर अफेयर्स ब्युरोबाट प्रमाणिकरण गराउन आग्रह गरिएको छ ।

‘जापानको सिटी अफिस वा अन्य सरकारी निकायबाट जारी भएका जन्म दर्ता, मृत्यु दर्ता, विवाह सम्बन्धी कागजात, सम्बन्ध बिच्छेद प्रमाणपत्र लगायतका कागजातहरु यस राजदूतावासमा पेश गर्नुपूर्व उल्लिखित कागजहरुलाई जापानको परराष्ट्र मन्त्रालयको कन्सुलर अफेयर्स ब्युरोबाट प्रमाणीकरण गराई तत् पश्चात मात्र नेपाली राजदूतावास टोकियोमा पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासको सूचनामा भनिएको छ ।

यसमा तपाईको प्रतिक्रिया