काठमाडौं । ओम तामाङ सुख दुःख सेवा गुठीको सामुदायिक भवन शिलान्यास गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धस्थित च्याल्दुम गल्लीमा निमार्ण गर्न लागिएको उक्त सामुदायिक भवनकाे साेमबार समितिका अध्यक्ष राजकुमार लामाले बौद्ध परम्परा अनुसार भुमि पुजन सहित शिलान्यास गरेका हुन ।
भवन शिलान्यास गर्दै समितिका अध्यक्ष राजकुमार लामाले भवन निमार्ण पश्चात सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताए । घर, सडक र अन्य पूर्वाधारभन्दा सामाजिक सद्भाव र समुदायनै विकासमा सक्रिय बन्ने काम बढी महत्वपूर्ण हुने उनी बताउँछन् ।
निर्माण कम्पनीलाई निश्चित अवधीभित्र कार्य सम्पन्न गर्न र गुणस्तरता कायम गर्न अनुरोध गर्दै अध्यक्ष लाममले स्थानियलाई पनि अनुगमन गर्न आग्रह गरेका थिए ।
करिव ६९ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त सामुदायिक भवन निर्माण भएसँगै आसपासका बस्तीका बासिन्दालाई सामूहिक कार्यक्रम, सभा तथा सामाजिक कार्य सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
ओम तामाङ सुख दुःख सेवा गुठीका अध्यक्ष सुरज रुम्वाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष भुवन लामा, समितिका पदाधीकारी पशुपतिनाथ खतिवडा, जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा, गुठीका पदाधीकारी, र स्थानियको उपस्थिति रहेको थियो ।

