आइतबार, साउन १७, २०८३

दुर्गा प्रसाईं पुन: पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै आइतबार राति पक्राउ गरेको हो ।

परिस्थिति थप भड्काउने काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनले आजैको पत्रकार सम्मेलनमा हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक हुन् । उनी विभिन्न आरोपमा यसअघि पनि पटक पटक पक्राउ पर्दै आएका छन् ।

यसमा तपाईको प्रतिक्रिया