काठमाडौँ । । दोलखाको तामाकोशी गाउँपालिकाको मालु मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिएका छन् । कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि सुरक्षाकर्मीले हवाई फायर गरेका उनले बताए ।

