काठमाडौँ । ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । ग्रहण लाग्ने समयको तिथिमिति आसपासमा चुनाव गर्ने मिति तोकिएको र उक्त मितिमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गरेका अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

