शनिबार, माघ १८, २०८२

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन अदालतद्वारा अस्वीकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता गर्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।

माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै रहेको भन्दै त्यसको अन्तरिम आदेशको विषयमा अन्तिम टुंगो लागेपछि मात्र पेश गर्न आदेश दिएको हो ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीलाई यथावत राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता गरी पाऊँ भनी जिल्ला सरकारी वकिल कार्यालयले निवेदन पेश गरेको थियो । अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले अब यो विषय सर्वोच्चबाट टुंगो लागेपछि मात्र निवेदन पेश हुने बताए ।

यसमा तपाईको प्रतिक्रिया