मन्थली । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रामेछाप जिल्लाबाट नेकपा एमालेले माधव प्रसाद ढुंगेललाई उम्मेदवार बनाएको छ ।
एमाले केन्द्रीय सचिवालयले शनिवार रामेछापेका बौद्धिक, शालीन र युवा नेता ढुंगेललाई मैदानमा उतारेको हो ।
एमाले केन्द्रीय सदस्य ढुंगेलले लामो समय विद्यार्थी राजनीति गरी अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुँदै एमालेको केन्द्रीय संगठन विभाग सचिव, ४ कार्यकाल केन्द्रीय कमिटीमा सदस्य बनेर संगठनात्मक जिम्मेवारी पूरा गरेका छन् ।
ढुंगेल विद्यार्थी आन्दोलनको सुरुदेखि नै सक्रिय रहँदै पार्टीले दिएको विभिन्न तहका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अनुभव, राष्ट्रिय युवा परिषद्मा दुई कार्यकाल कार्यकारी उपाध्यक्ष, अनेरास्ववियुका विद्यार्थी फाँटको इन्चार्ज र हाल पार्टीका रामेछाप इन्चार्जको जिम्मेवारीमा छन् ।
युवा बिद्यार्थीबिच बैचारिक एवम सालिन नेताको छवि बनाउन सफल बिचार सहितको निष्ठाको राजनीति, नयाँ पुस्ता प्रतिको बिश्वास, राष्ट्रिय स्वाभिमानको रक्षा र देश बिकासको रणनीति भन्ने युक्तिलाई स्थापित गर्न रामेछापबाट प्रतिनिधि सभाको निर्वाचनमा डेब्यु गर्ने तयारीमा छन् ढुङ्गेल ।
रामेछाप एमाले जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रमा ८ जना आकांक्षीको नाम सिफारिस गरेकोमा केन्द्रीय सचिवालयले योगदानको आधारमा ढुङ्गेललाई छानेको थियो ।
टिकट आफनो नाममा निर्णय भएपछि ढुङ्गेलले भावुक हुँदै भने “१५ बर्ष अघि अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा निर्वाचित भएको हुँ, पार्टी केन्द्रीय कमिटीमा एकताको काल सहित जोडेर चार पटक निर्वाचित भैसकेको छु । मेरा दुख र संघर्षका कथा नजिकबाट बुझ्नेलाई थाहा छ, म आफ्नै कर्म, सकृयता र निरन्तरताको बलमा धुलो मैलोबाट उठेको गाउँको मान्छे हुँ” भनेका छन् ।
सामाजिक संजाल मार्फत ढुङ्गेलले भनेका छन् “म पटक पटकको उम्मेदवार होईन, मेरो उमेर पाकेको छैन, पुरानो अनुभवी र नयाँ युवाको सेतुको रुपमा भुमिका खेल्न सक्छु । अनुभवले खारिएको छु । मेरो पार्टी र मुलुकले पत्याउँदा जुनसुकै जिम्मेवारी बहन गर्न सक्ने बताएका छन् ।
रामेछापेली जनताको बीचमा मेरो पार्टी एमालेले पहिलो पटक मलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित पार्टीको समग्र नेतृत्वलाई धन्यवाद दिन चाहन्छु। अन्य सिफारिस भएका योग्य उम्मेदवार कमरेडहरु धैर्य गर्नुहोस् , अवसर अरुपनि आउछन् मिलेर नै विन्यास गरमला । यो अवसर मेरो लागि बनेको छ सबैको गहिरो साथ चाहन्छु, “तपाईको मतको ईज्जत राखेर प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ रामेछापेली जनतासँग अमूल्य मत माग्न चाहन्छु” ढुङ्गेलले भनेका छन् ।
यस्तो छ माधव ढुङ्गेलको जिवनी
नाम : माधव प्रसाद ढुङ्गेल
स्थायी ठेगाना: खाँडादेवी-५, रामेछाप
हाल : भक्तपुर
अनुभवहरु:
संस्थाको नाम : युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद, नेपाल
पदको नाम: कार्यकारी उपाध्यक्ष
समय अवधि: २०७२ फाल्गुन देखि २०७८ असोज
मुख्य भूमिका र जिम्मेवारीहरू:
• नेपाली युवाहरूको एजेन्डाको नेतृत्व,
• युवा नीति र तदनुसार कार्यान्वयन नेपाल सरकारलाई बजेट विनियोजन गर्न सुझाव,
• युवा सशक्तिकरणको लागि कार्यक्रम डिजाइन,
• युवा सञ्जाल निर्माण र परिचालन,
• युवा उद्यमशीलता बिकास र तालिम,
• सहुलियतपूर्ण कर्जा,
• नमुना युवा संसद अभ्यास,
• एक शिक्षण सस्था एक उधम(पढ्दै कमाउने कार्यक्रम),
• युवा नवप्रवर्तन केन्द्र स्थापना,
संस्थाको नाम : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
पद: केन्द्रीय समिति सदस्य
समय अवधि: २०७१ असार पछि
मुख्य भूमिका र जिम्मेवारीहरू:-
• पार्टीको सक्रिय कार्यकर्ताको भुमिकामा भएको,
• रिटर्नी माइग्रेनको स्थापना र पार्टीको जनसंगठनको रुपमा स्थापित गर्न मुख्य भुमिका,
• पार्टीमा युवाहरूलाई रचनात्मक कार्यमा संलग्न गराउन भुमिका,
• युवा र विद्यार्थीहरु गतिशील र प्रभावकारी बनाउन विशेष कमिटीहरु निर्माण,
• पार्टीलाई लोकतान्त्रिक ढंगले सञ्चालन गर्न दिशानिर्देश गर्न भुमिका,
• शैक्षिक र व्यावसायिक युवाहरूलाई पार्टीमा जोड्न पोलिसी निर्माण,
• अन्य संस्थाको नाम: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
पद: अध्यक्ष
समय अवधि: २०६७ भाद्र देखि २०७० भाद्र
मुख्य भूमिका र जिम्मेवारीहरू:
• युवा र विद्यार्थीका मुद्दाहरूलाई एकीकरण गर्ने,
• प्रथम बिधान अधिवेशन तथा शैक्षिक सम्मेलन
• CTEVT, पुर्वान्चल,पोखरा,काठमाडौ बिश्वबिधालय तथा निजि क्याम्पसहरुमा संगठन बिस्तार गर्न नेतृत्व,
• बिद्यार्थीहरुलाइ रचनात्मक गतिविधिमा कृयाशिल,
• नेपालको माटो सुहाउँदो ब्यबहारिक शिक्षाको ब्यबस्थापनका लागि सम्बन्धित निकायसग समन्वय
• शिक्षाको नीति निर्माणमा संलग्न,
• बिद्यार्थीहरुको मुद्दाको समाधानका लागि नेतृत्व
राजनीतिक यात्रा:-
• २०४६ सालमा अनेरास्ववियु प्रा.क. सचिव
• २०४८ सालमा अनेरास्ववियु जि.क. सदस्य
• २०५० सालमा अनेरास्ववियु जि.क. उपाध्यक्ष
• २०५३ सालमा अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष
• २०५४ सालमा अनेरास्ववियु अन्चल कमिटी सदस्य
• २०५६ सालमा अनेरास्ववियु नेपाल ल क्याम्पस सचीव
• २०५६ सालमा अनेरास्ववियु नेपाल ल क्याम्पस अध्यक्ष
• २०५७ सालमा अनेरास्ववियु रा.प.स.
• २०५७ सालमा अनेरास्ववियु केन्द्रीय सदस्य
• २०५९ सालमा अनेरास्ववियु केन्द्रिय सदस्य
• २०५९ सालमा अनेरास्ववियु बाग्मती अन्चल अध्यक्ष
• २०६१ सालमा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य
• २०६३ सालमा अनेरास्ववियु केन्द्रिय सचिव
• २०६५ सालमा अनेरास्ववियु केन्द्रिय महासचिव
• २०६७ सालमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष
• २०७० सालमा नेकपा एमाले बिधार्थी विशेष कमिटीको अध्यक्ष
• २०७१ सालबाट नेकपा एमाले केन्द्रिय सदस्यमा जिम्मेवारी निर्वाह गरिरहेको।
शैक्षिक प्रमाणहरू:
• Ph.D Scholar
संस्थाको नाम: त्रिभुवन विश्वविद्यालय
बिषय: नेपालमा समाजवादी शिक्षा प्रणाली
• MASTER’S DEGREE
संस्थाको नाम : १ पाटन बहुमुखी क्याम्पस,
२. त्रिभुवन विश्वविद्यालय प्राप्त डिग्री: १. M.A. समाजशास्त्र (कलामा स्नातकोत्तर)
२. M.A. राजनीति विज्ञान
प्रमुख विषयहरू: १. सामाजिक दर्शन र अभ्यास
२. राजनीतिक दर्शन र अभ्यास
• BACHELOR’S DEGREE
संस्थाको नाम: १. पाटन बहुमुखी क्याम्पस
२. नेपाल ल क्याम्पस
प्राप्त डिग्री: १. स्नातक
२. स्नातक
प्रमुख विषयहरू: १. अंग्रेजी साहित्य, राजनीतिक विज्ञान
२. अन्तर्राष्ट्रिय कानून
• PROFICIENCY
संस्थाको नाम: पाटन बहुमुखी क्याम्पस
प्राप्त डिग्री: मध्यवर्ती
प्रमुख विषयहरू: १.अंग्रेजी साहित्य, राजनीतिक विज्ञान
२.अर्थशास्त्र
• PCL
महेन्द्र मोरङ,बिराटनगरबाट आर.आर क्याम्पस,प्रदर्शनीमार्गमा स्थानान्तरण
• १-१०
• श्री प्रयागेश्वर मावी,पकरवास
पुरस्कारहरु :-
• World Youth Prize 2018 by International Youth Committee,
• Future Policy Silver Award 2019 by World Future Council
अन्य नेतृत्व: १.उत्कृष्ट नेतृत्व क्षमता,
२.कुशल संगठन तथा बैचारिक राजनीतिज्ञ,
३.समुदायको नेता,
४.युवाहरुको रोजाइको ब्यक्तित्व,
अन्य:
• नेपाल बार एसोसिएसनको सदस्य
• बौद्धिक तथा लेखक,
• स्पष्ट तथा प्रेरक बक्ता,

