टोकियो । नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ७०औं वर्ष पुरा गरेको अवसरमा आगामी वर्ष २०२६ मा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नेपाली राजदूतावास टोकियोले नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव द्विपक्षीय महत्वका सार्थक, अविस्मरणीय र प्रभावकारी कार्यक्रमहरु आयोजना गरेर वर्षभर मनाउने उद्देश्यले जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा नेपाल-जापान ७०औ वार्षिकोत्सव आयोजक समिति गठन गरिएको हो ।
दूतावासले जापानी समुदायका नेपाल प्रति माया गर्ने र जापानका अगुवा नेपालीहरूलाई समेटिएर एक मुख्य आयोजक समिति बनाएको छ । आयोजक समितिमा जापानीहरू तर्फ़ सर्व मोश्रीतोयुकी ओडाची, मित्सुआकी कोजिमा, प्रा.डा हिरोशी ईसी, प्रा. डा मासासी प्रवाहिकावा, प्रा.डा तोशियाकी इतो, प्रा.डा.तेजी बातानावे, डा. युकी इतो, कुनरिओ इमानिसी, युइचिरो किमोतो, नोरिताडा मोरिता, हिरोमी इशिओका, मासाओ मिजुतानी, मिसुजु फुकुदा, हारुहितो नोजु, मिचिहिरो नारिता, युको ओकामोतो, मिका तामाकी, रेना मासुयामा, अकिरा मिकाओ काओतानी, इचाइओ कातानी, इकोन मासुयामा, हिरोताका ताकेउची, मासाकाजु ओकुदा, मिनोरु वातानावे, केन्सी माएदा, तादासी मत्सुबारा, सेया ईशी, कोहेइ तानाका, तादाहिसा कातो, काजुमासा काकिमी, वटुआ तावेई, तोशिहिको कावागुची र मासानोरी सुजुकी सदस्य तोकिएको छ।
त्यसैगरी, समितिमा देवमान हिराचन, भवन भट्ट, महेश कुमार श्रेष्ठ, रोविन शेरचन, राजन प्रधानाङ्ग, सुवास लामिछाने, लाल बहादुर केसी, कुलचन्द्र खरेल, मोहन पौडेल, दिलेन्द्र जोशी, श्रीभक्त गुरुङ, शान्त कुमार पहरी, प्रा.डा केशवलाल महर्जन, प्रा.डा नेत्रप्रकाश भण्डारी, प्रा.डा सुदन शाक्य, प्रा.डा मनोहर श्रेष्ठ, प्रा.डा प्रमिला न्यौपाने, प्रा.डा मनोजलाल श्रेष्ठ, डा.राम गिरी, डा.लुशुन चालिसे, डा.बलराम श्रेष्ठ, डा. सुदीप अधिकारी, जिज्ञान कुमार थापा, पुनम सुवेदी, किरण विक्रम थापा, राजन रिजाल, डिलाराम गैरे, तिलक मल्ल, ईश्वर गुरुङ, पासाङ विश्वकर्मा, सन्तोष पौडेल, विजेश थकाली, हवलचन्द्र लामा, सान्नुकुमार शाह, सोनाम शेर्पा, रामहरि पुडासैनी, प्रकाश पौडेल माइला, देवी बहादुर इङनाम, शिव खड्का, मञ्जुल मितेरी र शरद राई सदस्य रहनुभएको छ।
आयोजक समितिको सचिवमा राजदूतावासका उप नियोग प्रमुख हरिहर कान्त पौडेल रहनुभएको छ । आयोजक समिति आवश्यकता अनुसार विस्तारित हुने तथा कार्यक्रमहरु तर्जुमा र सञ्चालनका लागि विषयगत समितिहरु गठन गरिने दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

