जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सचिव पारस मणि पोखरेलले २५–२७ कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पोखरेलले पदसँगै प्रदर्शन (Performance) जरुरी हुने उल्लेख गर्दै, “राजनीति र पैसाले मात्र होइन, एनआरएनएमा वास्तविक परिवर्तन आवश्यक छ,” भनेका छन्। उनले आफ्नो अभियानलाई “एनआरएनए : परिवर्तन अनि परिस्कृत” भन्ने नारासहित अघि बढाउने जनाएका छन्।
विगतमा पोखरेल संसारकै पहिलो क्षेत्रीय समिति जापान, नागोया का संस्थापक संयोजक रहेका थिए। हाल उनी एनआरएनएका केन्द्रीय सचिवका रुपमा कार्यरत छन्। एनआरएनए जापानको नेतृत्वमा १२ वर्षभन्दा बढी सक्रिय रहेका पोखरेल संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो भन्दा दुई वर्ष कान्छा रहेको स्मरण गर्छन्। उनले हालैको अमेरिका र क्यानडा भ्रमणले थप उत्साहित बनाएको उल्लेख गर्दै निकट भविष्यमा मलेसिया र मध्यपूर्व भ्रमण गर्ने तयारी रहेको बताए।
पोखरेलले प्रस्तुत गरेका प्रमुख एजेन्डा
• पारदर्शिता र जवाफदेहिता : सबै निर्णय र खर्च सार्वजनिक गर्ने
• युवा तथा महिला सशक्तीकरण : नेतृत्व तहमा कम्तीमा ३०% सहभागिता
• प्रविधि–मैत्री संस्था : अनलाइन सदस्यता, डिजिटल मतदान, ई–गभर्नेन्स
• राजनीतिक निर्लिप्तता : कुनै दलको होइन, सबै प्रवासी नेपालीको साझा संस्था
• गुणस्तरीय कार्यक्रम : सम्मेलन, सेमिनार र परियोजना परिणाममुखी बनाउने
• Brain Gain Centre स्थापना : प्रवासी सीप र अनुभवलाई नेपाल विकासमा जोड्ने
• Investment Fund : रोजगारी र उद्यमशीलतामा प्रवासी लगानी
• शिक्षा र युवा नेतृत्व विकास : स्कॉलरशिप र तालिम कार्यक्रम
• गैरआवासीय नागरिकताको अधिकार सुनिश्चित

