काठमाडौ। रसुवा नुवाकोट र धादिङ जिल्लाकै सबैभन्दा अग्लो छ्याेर्तेन नुवाकोटको दुप्चेश्वर गाउँपालिका २ ढाडे बाेलगाउँमा बन्ने भएको छ ।
बाैद्ध परम्परा अनुसार महत्त्वपूर्ण धार्मिक स्थलका रुपमा मानिने छ्याेर्तेन तीन जिल्लाकै सबैभन्दा ठुलो अाकारमा निर्माण गरिने भएको छ । “बाेलगाउँ ज्याेङछ्युब छ्याेर्तेन” नामकाे बाैद्ध स्तुपा निर्माण गर्न स्थानीयहरु लागि परेका छन् । अनुमानित दुई कराेडकाे लगानीमा बन्ने उक्त छ्याेर्तेनकाे लागि प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ र प्रदेश सभा सदस्य राधिका तामाङकाे पहलमा संघीय सरकारबाट अार्थिक वर्ष ०८१/०८२ मा ४५ लाख बजेट बिनियाेजित भएको थियोे भने स्थानीय सरकार दुप्चेश्वर गाउँपालिकाबाट अार्थिक वर्ष ०८२/०८३ मा १५ लाख बजेट छुट्याइएको उपराेक्ता समितिले बताएको छ ।
उपभोक्त समिति एवम् निर्माण समितिमा अध्यक्ष गाेपिराम तामाङ , सचिवमा राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे निवर्तमान अध्यक्ष कलाकार बिकी लाे लामा, काेषाध्यक्षमा सर्मिला तामाङ, सल्लाहकारमा बरिस्ठ सल्लाहकारमा समाजसेवी दावा तामाङ, दुप्चेश्वर गाउपालिका वडा २ का वडा अध्यक्ष बिरबल तामाङ र सहयोग समन्वयमा तेर बहादुर तामाङ, सागर तामाङ लगायतका समूह रहेका छन् । छ्याेर्तेन निर्माणका लागि हालसम्म संघीय सरकार र स्थानीय सरकारबाट ६० लाख मात्र बजेट छुट्टिएकाेले थप लगानी भने जन सहयोग संकलनबाट जम्मा गर्ने लक्ष्य सहित अार्थिक सहयोगका लागि अपिल पनि गरेका छन् ।
दुई कराेड माथीकाे लगानी लाग्ने भएको कारण सहयोग संकलन गरेरै निर्माण गरिने बताइएको छ । छ्याेर्तेन बाैद्धधर्मलम्बीकाे लागि मात्र नभएर सिंगो जिल्लाकाे गरिमा र पर्यटकीय स्थलका रुपमा पनि रहने निर्माण समितिका सचिव बिकी लाे लामाले जानकारी दिएका छन् । स्वदेश तथा विदेशमा रहनु भएको नेपाली दाजुभाइ दिदिबहिनीहरुले उक्त गाैरवकाे याेजनामा अार्थिक सहयोग गरि साथ दिन समेत अनुरोध गरेका छन् । उनले भनेका छन् इच्छुक सहयोगी हातहरु हुनुहुन्छ भने 9764629009 र 9849136451 मा सिधा सम्पर्क अथवा Bolgau Jyangchhyub Chyorten-Nuwakot फेसबुक फेजमा थप जानकारी लिन सकिने बताएको छ ।
याेजना सम्पन्नता लागि हालसम्म सरकारबाट छुट्याइएको बजेट बाहेक करिब एक कराेड पचास लाख अपुग देखिन्छ यसर्थ अार्थिक सहयोग ठुलो परिणाममा जम्मा गर्न चुनाैती रहेकाे कुरा सचिव लामाले बताएका छन् । बाेलगाउँ ज्याेङछ्युब छ्याेर्तेन उपराेक्ता समितिकाे बैक खाता QR सार्वजनिक गर्ने र इच्छुकले साेही QRकाे माध्यमबाट बैक खातामा अार्थिक सहयोग जम्मा गर्न सकिने जानकारी दिएका छन् ।

