शुक्रबार, बैशाख ११, २०८३

एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने र महासचिवमा श्याम शीतल निर्वाचित

टोकियो । गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा सुभाष लामिछाने निर्वाचीत भएका छन् । आज जुलाई २७ तारिख सम्पन्न निर्वाचन मत परिणाम अनुसार ७,१५२ मत सहित अध्यक्षमा लामिछाने निर्वाचीत भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी सिद्धार्थ श्रेष्ठले ५,१९३ मत पाएका छन् ।

यसैगरि बरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, यसैगरि महासचिव पदमा श्याम कुमार श्रेष्ठ श्याम शितल बिजयी भएका छन् । शितलले आफ्ना प्रतिद्धन्द्धि विश्वास गौतम खगराज गौतमलाई पराजित गर्दै ६,३८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । उपबिजेता बनेका खगराज गौतमले ५,९६१ मत प्राप्त गरेका छन् । यसमा पनि केवल ४२३ मतको फरक रहेको छ ।

यस्तो छ निर्वाचित पदाधिकारी
अध्य़क्ष :- सुभाष लामिछाने
बरिष्ठ उपाध्यक्ष -टिकाराम खरेल
उपाध्यक्ष – मुक्तिराम खनाल, दिलिप कड़ेल र दिपक सुनार
क्षेत्रिय उपाध्यक्ष – विष्णु प्र सुवेदी
महासचिव – श्याम शीतल
सचिव- नेत्र प्र पाण्डे र विष्णु प्र सापकोटा
क्षेत्रिय सचिव – सागर कार्की
कोषाध्यक्ष – मुक्तिराज रेग्मी
सह कोषाध्यक्ष – रामु कंडेल
क्षेत्रिय सह कोषाध्यक्ष – सन्दीप जिसी
युवा संयोजक – दिपक बुर्जा मगर