जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल २०२५-२७ का लागि नागोयाबाट श्याम शितल(श्याम कुमार श्रेष्ठ)ले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पूर्व सचिव भएर काम गरिसकेका श्याम सीतलले अन्य बिभिन्न संघ-संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा २०१७-२०१९ नागोया क्षेत्रिय समिती सचिव, २०१९-२०२१ नागोया क्षेत्रिय समिती संयोजक र सन २०२१-२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ जापानको सचिव पदमा क्रियाशिल रहेका थिए।
अघिल्लो पटक पनि महासचिव पदमा दावेदारी प्रस्तुत गरेका श्याम शितलले पुनः सोहि पदमा उम्मेदवारी दिने,घोषणा गर्दै बिगत लामो समयको जापान बसाईको क्रममा आफ्नो ब्यक्तिगत कार्यबाट समय बचाएर समाज र सामाजिक कार्यको लागि मैले दिएको योगदान यहाँहरुलाई अबगत नै छ ! बिगत एक दशक लामो यो संस्थागत यात्रामा नागोया क्षेत्रिय समिती सचिब,संयोजक केद्रिय समिती सचिब भएर कुशल कार्य सम्पादन गरि गत निर्वाचनमा महासचिबको प्रत्यासी हुँदै गर्दा तपाईंहरूको अपार विश्वास र माया हुँदा हुदै पनि उपविजेता बन्न पुगे त्यो समर्थन, त्यो प्रेम मेरो लागि केवल पदको नजिक पुग्ने अवसर मात्र थिएन — त्यो थियो सेवाको जिम्मेवारी अझ गहिरोसँग बोक्ने प्रेरणा।अब म त्यस अधुरो जनसमर्थनलाई पूर्ण विश्वासमा बदल्न तपाईंहरूको मन–मनमा आउन खोज्दैछु।आशा छ हिजो फेल भएको कक्षामा पुन: अन्तिम पटक परिक्षा दिने यो मेरो प्रयासलाई पुर्ण अंक सहित परिणाममा बदल्न सहयोग गर्नु हुनेछ भनेर अपील गरेका छन ।

