बिहिबार, बैशाख ०३, २०८३

एनआरएनए जापानको सह-कोषाध्यक्षमा गुन्माबाट नासिर मियाँको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी २०२५-०२७ कार्यकालका लागि गुन्माबाट नासिर मियाँले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
२०२३ देखी २०२५ को कार्यकालमा गुन्मा क्षेत्रीय संयोजकको रूपमा जिम्मेवारी सम्हालेका मियाँले अब केन्द्रीय सह-कोषाध्यक्षमा उम्मेदवारी बताए ।
दुई वर्षे कार्यकालमा सामाजिक एकता सुदृढीकरण र सहभागिता विस्तार साथै सदस्यता बिस्तार मेरो प्रमुख प्राथमिकता साथ, विश्वास र सहकार्यबाट मात्र योजना पूरा गर्न सम्भव हुने उनले बताए ।
अब यही अनुभव र प्रतिबद्धता बोकेर राष्ट्रिय तहमा अझ पारदर्शी, उत्तरदायी र समन्वयपूर्ण NRNA निर्माणमा योगदान दिने अठोटका साथ अगाडि बढेको र गैरआवासीय नेपाली संघ जापानको २०२५–२०२७ कार्यकालका लागि क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकोले वित्तीय पारदर्शितासँगै संस्थामा विश्वास, जवाफदेहिता र सेवा संस्कारको आधार बन्ने भूमिकामा रहेको मियाँले बताएका छन ।