बुधबार, साउन ०१, २०८२

इरानद्धारा पूर्वसूचना दिएर कतारको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण

दोहा । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नुअघि इरानले पूर्वसूचना दिएको थियो।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले इरानी अधिकारीहरुलाई उदृत गर्दै हमला गर्नुअघि सूचना दिइएको लेखेको छ ।

इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको हो । अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर भनेर क्याप्सन देखाइएको भनिएको छ ।
अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।

कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो । जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानतर्फ आक्रमण तेज पारेपछि इरानले जवाफी हमला गरेको अधिकारीहरुले बताएका छन् ।
इरान इजरायल तनाव बिस्तार हुँदै कतार लगायत देशमा आउँदा पश्चिम एसिया क्षेत्रमा संकट उत्पन्न भएको छ ।