काठमाडौं । समाजसेवी देव कुमार पाख्रिनले दृष्टिबिहिन आमाघर सामाजिक संस्थालाई सहयोग गर्नुभएकाे छ ।
अष्ट्रेलियामा बस्नुभई जन्मभुमि नेपालका विभित्र स्थानहरूमा सामाजिक कामहरू गर्दै आउनुभएका पाख्रिनले शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ नयाँपाटीमा रहेको दृष्टिबिहिन आमाघर सामाजिक संस्थामा रहनुभएका करिब ७० जना आमाबुबा तथा बालबालिकाहरूलाई कपडा, जुत्ता, माेजा लगायत शैक्षिक सामाग्री सहयोग गर्नुभएकाे हाे ।
मानवता सेवा नै सबै भन्दा ठूलो धर्म ठानेर विगत लामाे समयदेखि समाज सेवामा अग्रसर भई समस्यामा पर्नुभएका व्यक्ति वा संस्थाहरूलाई आर्थिक सहयाेग गर्दै आउनुभएका पाख्रीनसँग समन्वय गरि व्यवस्थापन प्रसुन थिङ तामाङ र सञ्जय मगरले गर्नुभएको कार्यक्रमकाे नेतृत्व कलाकार एवं समाजसेवी माया थामीले गर्नुभएको थियाे।
दृष्टीबिहिन आमाबुबा तथा बालबालिकाको सम्मानको लागि आयोजना गरिएको कार्यक्रममा दृष्टिविहिन बालबालिकालाई कपडा, जुत्ता, माेजा, कपि,कलम,पेन,ईरेजर लगायत आवश्यक शैक्षिक सामाग्री र आमाबुबाहरूलाइ टिसर्ट साथै भोजन गराइएको थियो ।
उक्त संस्थामा दृष्टिबिहिनमात्रै नभई अपांग भएका आमाहरू, बृद्धबृद्वा, मेन्टल दिअडर भएका तथा जन्मिएकाे सात आठ महिनामा नै अपांग हुनु भएकाहरू पनि बसाेबास गर्दे आएका छन् । सहयाेग गर्नुहुने देव पाख्रीन र व्यवस्थापनका साथै कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुहुदैं संस्थाका अध्यक्ष टेक बहादुर मगरातिले आफुहरु आगामी दिनहरूमा पनि सहयोगी हातहरुकाे प्रतीक्षामा नै रहने बताउनुभयाे ।
कार्यक्रममा रंगलाल लामा, पत्रकार एवं समाजसेवी पवित्रा लामा,उद्वव विश्वकर्मा, मेगेन्द्र सुवेदी,बिनिता कुवर लगायतकाे उपस्थिति रहेकाे थियाे ।