बुधबार, साउन ०१, २०८२

बाेलाेचाैक बहुउद्देश्य सहकारीद्वारा आयोजित उद्घोषण तथा भाषण कला र माइन्यूट लेखन तालिम सम्पन्न

झापा । झापाको श्री बाेलाेचाैक बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आयोजना गरेको भाषण तथा उद्घघोषण कला,व्यक्तित्व तथा नेतृत्व विकास साथै माईनुट लेखन तालिम सम्पन्न भएको छ।

पाँच दिन सम्म चलेकाे तालिमबाट प्रशिक्षार्थीहरूले बाेल्न र लेख्न सक्ने भएको आयाेजकले जनाएको छ । समापन समाराेहमा बाेल्नुहुँदै शिवसत्ताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले सहकारीले महिलाको आर्थिक शसक्तिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएकाे छ । वडा नम्बर चारभित्रका आदिवासी जनजाति, विभिन्न समुदायका महिला तथा बालबालिकाहरूलाई बाेल्न सक्ने बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयाे । ग्रामिण भेगका महिलालाई बाेल्ने कलाको साथसाथै आय आर्जनमा सहयोग पुग्ने तालिम आफ्नो प्राथमिकतामा रहेको वताउँदै तालिममा सिकेको ज्ञान अरुलाई पनि बाढ्नु पर्ने नगर प्रमुख थोप्राले बताउनुभयाे ।

मुलुकको राजनीतिक ,सामाजिक , आर्थिक लगायतकाक्षेत्रमा महिलाको उपस्थिति कम रहेको उल्लेख गर्दै उहाँले नेतृत्व विकास तालिमले महिलालाई नेतृत्व तहमा पुर्याउन सहयोगी भुमिका खेल्ने समेत विश्वास व्यक्त गर्नुभयो। दक्ष जनशक्ती उत्पादनमा यस्ता तालिम प्रशिक्षणको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले आफुभित्र भएकाे निखारता बाहिर ल्याउन पनि प्रशिक्षणले ठुलो टेवा पुग्ने बताउनु भयो ।
पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको उहाँको भनाइ थियो।तालिममा सिकेकोसिपलाई व्यवाहारमा उतार्न उहाँले सहभागीहरुलाई आग्रह समेत गर्नुभयो ।
महिला लक्षित कार्यक्रमअन्तर्गत तालिम आयोजनामा गरिएको सहकारीका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जानकारी दिनुभयो । उनीहरूको सीपमा वृद्धि विकास गर्न सहयोग पुयाई आत्मनिर्भर बनाउने र समाज तथा राष्ट्रको विकासका लागि योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको उद्घोषण तथा नेतृत्व विकास तालिमाा उत्साहजनक सहभागिता जनाई कार्यक्रमलाई भव्य सव्य र परिमाणमुखी बनाउन सहयोग गरिदिनुहुने सम्पूर्णलाई वहाँले धन्यवाद समेत व्यक्त गर्नुभयाे ।

५ दिन सम्म संचालित तालिमलाई प्रशिक्षक लिला अनमोल र देबेन्द्र प्रसाईले सहजिकरण गर्नुभएको थियो। यसैगरी, समापन समारोहमा विभिन्न खेलहरू पनि खेलाइएको थियो । उक्त खेलमा प्रथम रञ्जित कुमार बेल्दार,द्वितिय स्थान दिलिप ताजपुरिया र तृतिय स्थान महेश्वर दुलालले प्राप्त गर्नुभएको थियो ।‌ साथै, तालिमलाई आकर्षित बनाउन मित्र कर्मकार, देबन्ती राजबंशीले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने प्रभा ताजपुरिया ,सुमनलाल शाह , प्रशिक्षक लिला अनमोल लगायतले गीत गाएका थिए ।
रेडियो विराटको प्रबन्ध निर्देशक समेत रहेकी प्रशिक्षक लिला अनमोल साहित्यकार,गजलकार , कवि ,धार्मिक ,राजनीतिक सामाजिक व्यक्तित्व हुनुको साथ साथै एक कुशल प्रशिक्षक पनि हुनुहुन्छ । कार्यक्रममा उपस्थित अथिति तथा उत्कृष्ट सहभागीलाई वहाँले आफुले लेखेको अन्तिम कुमारी रात पुस्तक मायाको चिनो स्वरूप प्रदान गर्नुभएको थियाे ।

यस्तै, आयोजक संस्थाले प्रशिक्षकहरूलाई प्रशंसापत्र सँगै मायाको चिनो, विशिष्ट अतिथि, अतिथिहरूलाई मायाको चिनो तथा सहभागीहरूलाई स-सम्मान प्रमाणपत्र समेत वितरण गरेको थियो । समापन समारोहमा प्रशिक्षार्थीहरुले तालिम उपलब्धीमुलक भएको बताएका छन् । माईनट तयार गर्न तथा अगाडी गएर बोल्न समस्या थियो तालिम पश्चात त्यो डर हटेको र आगामी दिनमा सजिलैसँग लेख्न र बाेल्न सक्ने भएको सहभागी प्रशिक्षार्थीहरूकाे भनाइ थियाे ।

कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घका सदस्य तिलक प्रसाद राजवंशी,वडा सदस्य सुमन लाफ सासू,समाजसेवी भक्तिप्रसाद सिटौला,कन्काई नहर जल उ.स.का अध्यक्ष कमल भण्डारी, त्रिभुवन मा.वि.का अध्यक्ष महेशवर दुलाल,पाथीभरा आधारभूत विद्यालयका प्रध्यानाध्यापक दिलिप ताजपुरिया,स्वास्थ्यकर्मी पूर्ण कुमार शाह, रविन, कमल मैनाली,रञ्जित कुमार वेल्दार,माला कुमारी ताजपुरिया,चन्द्र प्रसाद ताजपुरिया,बलराम ताजपुरिया विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।