साईप्रस । नेपाल राष्ट्रिय तामाङ घेदुङ साईप्रसले आगामी मे १ तारिखमा विशेष पूजा तथा विविध धार्मिक कार्यक्रम गरी २५७० औं बुद्ध जयन्ती मनाउने भएको छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण तिनवटा महत्वपूर्ण पवित्र र अद्धभुत तिथिको संयोग वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । साईप्रसको निकोसियास्थित ग्रेट क्लाउट गुम्बामा भव्यताका साथ विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औं बुद्ध जयन्ती मनाईने भएको हो । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।
भगवान बुद्धको उपदेश, शान्ति, करुणा र अहिंसाको सन्देशलाई आत्मसात् गर्दै पूजा, प्रार्थना तथा पुण्य कर्म गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
इसापूर्व ५६३ अर्थात् २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट बैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।भगवान गौतम वुद्धको उपमा पाउनुभएका सिद्धार्थ गौतमले शान्ति, ज्ञान र उपदेशमा पु¥याएको योगदानको स्मरणमा बुद्ध जयन्ती मनाउने गरिन्छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता सन्देशका भगवान् गौतम बुद्धले दिनुभएको थियो ।
अहिंसा र करुणा नै मानवताको मार्ग हो।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि आफ्नो परम्परा, धर्म र संस्कारलाई प्रवासको भूमिमा सम्पुर्णमा भएपनि जीवन्त राख्ने उद्देश्यका साथ निकोसियाको पवित्र ग्रेढ कलाउट बुद्विस्ट गोन्पामा एक विशेष समारोह आयोजना गर्न लागिएको आयाजकले जनाएको छ । बुद्धका शान्तिका उपदेशहरूलाई स्मरण गर्दै, आपसी सद्भाव र भाइचारा बढाउनका लागि आयोजना गरिएको यस विशेष कार्यक्रममा सहभागी भईदिन सम्पूर्णमा हार्दिक निमन्त्रणा समेत गरेको छ ।

