मङ्गलबार, असार १०, २०८२

टोकियोमा जुलाई १२ तारिख सेक्मुरी समर कन्सर्ट २०२५ आयोजना हुने

टोकियो ।  जापानमा साउने सङ्क्रान्ति सिसेक्पा तङ्नाम र उभौली साकेलाको अवसरमा सेक्मुरी इन्टरटेइनमेन्ट जापानले सेक्मुरी समर कन्सर्ट २०२५ आयोजना गर्ने भएको छ।

यस कन्सर्टमा द भ्वाइस फाइनलिस्ट नोगेन हाङ्सारुम्बा लिम्बुको विशेष उपस्थिति रहनेछ। आगामी जुलाई १२ शनिवारका दिन मेगुरो कुमिन सेन्टरमा आयोजना हुने  कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको सेक्मुरी इन्टरटेइनमेन्ट जापानका प्रमुख दीप लिम्बुले जानकारी दिनुभएको छ।

अनलाइन टिकट सीमित संख्यामा मात्र उपलब्ध हुनेछन्।

“सेक्मुरी समर कन्सर्ट २०२५” को विवरण:
* मिति: २०२५ जुलाई १२ (शनिवार)
* समय: साँझ १७:०० बजे देखि २१:०० बजे सम्म
* स्थान: मेगुरो कुमिन सेन्टर
आयोजक: सेक्मुरी इन्टरटेइनमेन्ट जापान
थप जानकारीका लागि सम्पर्क:
दीप आङ्देम्बे लिम्बु
प्रमुख, सेक्मुरी इन्टरटेइनमेन्ट जापान
मोबाइल: ०७० ७४७२ २९७२

यसमा तपाईको प्रतिक्रिया